बेनीको उपमेयरमा एमालेबाट चार जना सिफारिस

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट चार जना आकाँक्षीहरुको नाम सिफारिस भएको छ ।

मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगरकमिटीको बैठकले बेनी नगरको उममेयरका लागि पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

बेनपा ६ निवासी उपमेयरका आकाँक्षी शाही नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् अखिल नेपाल महिला संघ म्याग्दीकी उपाध्यक्ष हुनुहुन्छ ।

बेनपा ४ निवासी गुरुङ जिल्ला कमिटी सदस्य एवम् अनेमसंघकी सचिव हुनुहुन्छ । बेनपा ७ निबासी पौडेल नगर कमिटी सचिवालय सदस्य एवम् अनेमसंघकी जिल्ला सदस्य हुनुहुन्छ भने बेनी नगरपालिका १ निवासी थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा बिजयी भई बेनी नगरकार्यापालिका सदस्य हुनुभएको थियो । उहाँ हाल एमाले बेनी नगर कमिटीको सचिवालय सदस्य समेत हुनुहुन्छ ।

बैठकबाट उपमेयरको उम्मेदवार टुङगो नलागेपछि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको हो । आगामी बैशाख २ गते बस्ने जिल्ला कमिटीको बैठकमा आकाँक्षीहरुलाई सामुहिक रुपमा राखेर बृहत छलफल गरि उम्मेदवार टुङगो लगाउने भरपुर प्रयास गरिने अध्यक्ष कटुवालले बताउनुभयो । यदि जिल्ला कमिटीले पनि चयन गर्न नसकेपछि सवै आकाँक्षीहरुको नाम प्रदेश कमिटीमा पठाउने कटुवालको भनाई छ ।

 

You can share this post!

बेनीको मेयरका लागि एमालेबाट चार जना सिफारिस

मालिकाको अध्यक्षमा बेग प्रसाद गर्बुजा फेरी चुनावी प्रतिस्पर्धामा

Related posts