मानविय सेवामा काम गर्ने उद्देश्यका साथ स्थापना भएको गंगा जिसी फाउण्डेशन र सुदिप रावल मेमोरियल ट्रष्टले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि आवस्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रघुगंगा गाउँपालिका ३ पिप्लेमा कोरोना संक्रमण रोकथाम गर्नका लागि फाउण्डेशन र ट्रष्ट मार्फत २५ सय थान मास्क ५ सय थान हात धुने साबुन फाउण्डेशनका प्रतिनिधीहरू भिमसेन केसी, प्रवीण शाही, लागाएकाे राेहवरमा वडा अध्यक्ष जिबनकुमार मल्ललाइ उपलब्ध गराएको फाउण्डेशनका सदस्य दिनेश केसीले बताउनु भयो ।
त्यसैगरी बिहीबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ७ सय थान मास्क र २५ थान सेनिटाइजर र साबुन र नेपाल बाल संगठन म्याग्दी शाखाद्धारा सञ्चालीत बालगृहमा २ सय थान मास्क सहित साबुन र सेनिटाइजर वितरण गरीएको फाउण्डेशनका सदस्य बिजय थापाले बताउनु भयो ।
कोरोना माहामारीका कारण समस्यामा परेका म्याग्दी जिल्लाका नागरीकको उपचारमा सहज पु¥याउने उद्देश्य फाउण्डेशनले निशुल्क एम्बुलेन्स् सेवा समेत सञ्चालनमा ल्याएको फाउण्डेशनका अध्यक्ष नारायण जिसीले बताउनुभयो।