नेपालि काँग्रेसको १४औँ महाधिवेशन आजदेखि

काठमाडौँ, मङ्सिर २४ गते । नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु हुुँदैछ । महाधिवेशन स्थललाई विशेष रूपमा सजाइएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुुहुनेछ । उद्घाटन समारोहमा सम्बोधनका लागि काँग्रेसका शीर्ष नेतासँगै देशका प्रमुख राजनीतिक दलका नेता र भारतबाट आएका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ । विभिन्न देशबाट महाधिवेशनको सफलताको कामना गर्दै पठाइएका सन्देश पनि वाचन गरिनेछ । महाधिवेशनको सबै तयारी पूरा भएको केन्द्रीय सदस्य एवं सञ्चार तथा सूूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुुभयो ।

   शीर्ष नेता आउने

काँग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई निम्तो गरिएको पाहुना स्वागत तथा व्यवस्थापन समितिका सदस्य डा। प्रभु बुढाथोकीले बताउनुुभयो । समारोहमा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पनि उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।

महाधिवेशनको अघिल्लो दिन केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहीबार सभापति शेरबहादुुर देउवाको अध्यक्षतामा काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्यो । बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको सन्दर्भमा बसेको बैठकले चारवटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको बताउनुुभयो ।

शर्माले भन्नुभयो, “पार्टीका महामन्त्रीद्वय डा। शशाङ्क कोइराला र पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको महामन्त्रीको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भयो । उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित भएको छ ।”

प्रवक्ता शर्माका अनुसार कोषाध्यक्ष सीतादेवी यादवका तर्फबाट लेखा समिति संयोजक श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित भएको छ । शर्माले भन्नुभयो, “नेपाली काँग्रेसको आयव्यय विवरण, पार्टीको कोषमा रहेको मौज्दात रकमसहित लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । पार्टीसँग अहिले १० करोड रुपियाँ मौज्दात रहेको छ । महाधिवेशनमा केही रकम थपिनेछ ।”

त्यसैगरी १४औँ महाधिवेशन तयारीका क्रममा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, बाधा अड्काउ–फुकाउ र निलम्बन गर्ने निर्णयलाई पनि बैठकले पारित गरेको छ ।
प्रवक्ता शर्माले भन्नुभयो, “केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा पारित गरेका चारवटै प्रस्तावलाई अनुमोदनका लागि १४औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछ ।”
केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा। शशाङ्क कोइराला र पूर्णबहादुर खड्कासहितका पदाधिकारी र अधिकांश केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो ।

महाधिवेशन नेतृत्वमा केन्द्रित
महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने भएको छ । प्रवक्ता शर्माले पार्टीको नयाँ नेतृत्व चयन भएपछि नीति अधिवेशनमार्फत पार्टीका नीति, दृष्टिकोण र कार्यक्रममाथि बहस गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई बदल्ने, परिवर्तित गर्ने र समयसापेक्ष रूपमा परिमार्जित गर्दै लाने विषयमा हामी प्रस्ट छौँ । महाधिवेशनबाट नेतृत्व चयन गरेपश्चात् नीति अधिवेशनमार्फत पार्टीको रणनीतिक विषयमा बहस हुनेछ ।”

कागजकै मतपत्र
नेपाली काँग्रेसको १४आँैं महाधिवेशनमा कागजकै मतपत्रमार्फत मतदान हुने भएको छ । प्रवक्ता शर्माका अनुसार विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा छलफल भए पनि अहिलेलाई कागजकै मतपत्रमार्फत मतदान हुने निर्णय भएको छ । उद्घाटनसत्रपछि बन्दसत्र हुनेछ । बन्दसत्रको कार्यक्रम सकिएपछि मतदान नेपाल पुलिस क्लब, राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुनेछ । उहाँका अनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका लागि अलग–अलग मतदान गर्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “सर्वप्रथम सभापतिलाई मतदान गर्नुपर्नेछ । मतपत्र मतपेटिकामा खसालेपछि उपसभापतिका लागि मतदान गर्नुपर्नेछ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीलाई मतदान गर्नुपर्नेछ । ”

विभिन्न देशबाट सन्देश
महाधिवेशनमा शुभकामना दिनका लागि भारतबाट तीन जना नेता काठमाडौँ आइपुग्नुभएको छ । स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका सदस्य डा। प्रभु बुढाथोकीका अनुसार भारतीय जनता पार्टीका नेताद्वय पूर्वमन्त्री डा। हर्षबद्र्धन र लोक सभा सदस्य हरिश द्विवेदी काठमाडौँ आउनुभएको छ । त्यसैगरी भारतीय राष्ट्रिय काँग्रेसका महासचिव एवं पूर्वकेन्द्रीय मन्त्री मुकुल वासनिक पनि आइपुुग्नुुभएको छ । बुढाथोकीले भन्नुभयो, “विभिन्न देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भइरहेको छ तर कोभिड–१९ प्रकोपलाई दृष्टिगत गरी नेताहरू चाहिँ तीन जना मात्रै आउनुभएको हो । ”

खाना र आवास
सहभागी प्रतिनिधिहरूका लागि आवास र भोजनको व्यवस्थापन पूरा भएको छ । सहभागीका लागि ठमेल, गौशाला तथा सुन्धारामा एक सयवटा होटल बुकिङ गरिएको छ । प्रतिकोठा आठ सय रुपियाँमा बुक गरिएका होटलका कोठमा होटल व्यवस्थापनले तातोपानी र वाईफाई अनिवार्य उपलब्ध गराउने छन् । महाधिवेशन आवास तथा भोजन समितिका संयोजक तथा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार एक कोठमा दुई जना प्रतिनिधि रहने गरी होटलको व्यवस्था गरिएको छ । समितिले व्यवस्था गरेका होटलमा कम्तीमा चार हजार तीन सय जना अट्ने गरी व्यवस्था मिलाइएको छ । उहाँले महाधिवेशनमा सहभागी प्रतिनिधि बिहीबारबा ट सोमबारसम्म होटलमा बस्न पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
महाधिवेशनमा दैनिक आठ हजार जनाका लागि खाना तथा नास्ताको व्यवस्था गरिएको छ । सहभागीहरूले दैनिक चार पटकसम्म खान पाउनेछन् । उहाँले भोजन र आवासका लागि साढे तीन करोडदेखि चार करोड रुपियाँसम्म खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

 

You can share this post!

मानवअधिकारको विश्वव्यापी अवधारणालाई गहिरोसँग आत्मसात् गरेर कार्यान्वयन गर्न राष्ट्रपतिको आग्रह

पत्रकार हरिकृष्ण गौतम मिडिया सोसाइटी अर्वाड द्वारा सम्मानित

Related posts