नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । उहाँलाई रुघाखोकीसहित ज्वरो आएको हो ।
अध्यक्ष ओली अस्वस्थ हुनुभएपछि आजका लागि निर्धाीरत सवै कार्यक्रम रद्ध भएको छ भने नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रम पनि रद्द गरिएको उहाँको सचिवालयले जनाएको छ।
आज भएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा अस्वस्थ भएका कारण आफू उपस्थित हुन नसकेपछि उहाँले उपमहासचिव ज्ञवाली प्रदीप ज्ञवालीलाई पठाउनु भएको छ । उपमहासचिव ज्ञवालीका अनुसार अध्यक्ष ओलीमा खोकी निकै धेरै भएको र टन्सिलको समस्या पनि देखिएको कारण सवै कार्यक्रम रद्ध गरी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरनु भएको छ ।
‘केही दिनदेखि अध्यक्ष अलिक अस्वस्थ देखिनु भएको थियो, आज रुघासँगै खोकीको मात्रा निकै बढेको र ज्वरो पनि आएको कारण सवै कार्यक्रम स्थगित भएको हो,’ ज्ञवालीले भन्नुभयो