पुलाचौरमा युवा संघ र युथ फोर्सको वडा कमिटी गठन

नेकपा एमालेनिकट युवाहरुको सङ्गठन राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्सको पुलाचौरमा वडा कमिटी गठन भएको छ । युवा संघ म्याग्दीको दोस्रो पूर्ण वैठकको निर्णयअनुसार पालिका र वडा तहमा सङ्गठन विस्तार तथा सुदृढीकरण गर्ने अभियानअन्तर्गत युवाहरुको भेलामार्फत कमिटी गठन गरिएको हो ।
युवाहरुको भेलाले मदन बानियाँको अध्यक्षतामा ५९ सदस्यीय राष्ट्रिय युवा नेपाल पुलाचौर वडा कमिटी गठन भएको छ । कमिटीको प्रथम उपाध्यक्षमा बबिन परियार, द्वितीय उपाध्यक्षमा जनक बानियाँ, सचिवमा सागर बानियाँ, कोषाध्यक्ष सबिता परियार र सहसचिवमा सुनिल खत्री रहेका छन् । यसैगरी अतुलराज भण्डारी संयोजक, प्रदीपकुमार पाईजा सहसंयोजक, उदयबहादुर दर्जी प्रचार विभाग प्रमुख र निशा पाईजा महिला विभाग प्रमुख रहेको युथफोर्स पनि गठन गरिएको युवा संघ म्याग्दीले जनाएको छ ।
युवाहरुको भेलालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य एवं पुलाचौरका वडा सदस्य रामप्रसाद सुवेदीले युवाहरु एमालेमा लाग्नुको विकल्प नभएको बताए । कार्यक्रम युवा संघ बेनी नगरपालिका कमिटी संयोजक विवेक हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा एमाले जिल्ला सदस्य गोविन्द बानियाँ, पुलाचौर वडा कमिटी अध्यक्ष भोजबहादुर कार्की, युवा संघको जिल्ला सचिव तथा सङ्गठन विभाग प्रमुख शिशिर शाही, पूर्व सचिव दिनेश कार्की, प्रचार विभाग प्रमुख बिमल रिजाल, नगर कमिटी अध्यक्ष लक्ष्मण कटुवाल, युथ फोर्स संयोजक विजय घर्तीमगरले सम्बोधन गरेका थिए ।

You can share this post!

अध्यादेश ल्याएर चुक्नुभयो प्रधानमन्त्री यो काँग्रेसको संस्कार होइन : डा.कोइराला

दुधेखोलामा आएको बाढीले एक घर बगायो २२ घर जाेखिममा

Related posts