मलेसियामा म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) गठन गरिएको छ । बिहिबार भर्चुअल माध्यमबाट भेलाको आयोजना गरि रामचन्द्र केसीको अध्यक्षतामा मोना मलेसिया गठन गरिएको हो ।
कार्य समितिको उपाध्यक्षमा छम बहादुर शाही, सचिबमा यज्ञदत्त आचार्य, सहसचिबमा बिनय कुमार बिश्वकर्मा र कोषाध्यक्षमा अनिल खत्री रहनु भएको छ । सदस्यहरुमा हेम बहादुर बानीयाँ, यामलाल शर्मा, दमन पुन, रमेश केसी, दुर्गा बहादुर केसी, कर्ण बहादुर पुर्जा, जोगिन्द्र श्रीस मगर, गणेश कुमार महत, चित्र फगामी मगर, पुर्ण रोका, होम बोहोरा क्षेत्री र सन्तोष किसान लाई चयन गरिएको म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्य समितिका महासचिब बिक्रम कार्कीले जानकारी दिनुभयो । त्यसैगरि मोना मलेसियाको संरक्षकमा बम बहादुर सुनार र सल्लाहकारमा लाल बहादुर रोका ( एल.बि.मगर) रहनु भएको कार्कीले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि म्याग्दी प्रबासी नेपाली संघ अन्तराष्ट्रिय कार्य समितिका अध्यक्ष ओमनारायण जुग्जालीले प्रवासमा रहेका म्याग्देलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा रहेका म्याग्दीलेहरु बिच मोना गठन गरिएको बताउनु भयो । मोना गठन पछि मलेसियामा रहेका म्याग्देलीहरुलाई आइपर्ने जुनसुकै समस्यामा पनि सहयोग पुग्ने बिश्वास लिदै अध्यक्ष जुग्जालीले नबगठित पदाधिकारीहरुलाई बधाईका साथ उत्कृष्ट कार्य गर्न अनुरोध गर्नुभयो ।
बिभिन्न देशहरुमा गठन भएको मोनाले जिल्लाका सामाजिक गतिबिधिहरुमा सहयोग गर्दै आएको छ ।