अन्नपूर्णमा आवधिक विकास योजना तर्जुमाको मस्यौदा प्रतिवेदन प्रस्तुत

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पञ्च बर्षिय आवधिक विकास योजना तर्जुमाको मस्यौदा प्रतिवेदन तयार पारिएको छ । परामर्शकर्ता सिभिल लिंक इन्जिनियरिङ एण्ड जेभि ललितपुरले तयार पारेको प्रतिबेदन मंगलबार गाउँपालिकामा मस्यौदा प्रतिवेदन प्रस्तुतीकरण तथा सुझाव संकलन कार्याशाला गोष्ठिको आयोजना गरि प्रस्तुत गरिएको हो ।

परामर्शकर्ता सूर्य न्यौपाने र हरगोबिन्द पाण्डेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन माथि कार्यपालिकाको बिषयगत समिति र विषयगत शाखाहरुले समुहगत छलफल गरि प्राबिधिक तथा भाषागत त्रृटि, गल्ती कमिकमजोरीहरु सच्याउदै र केही थप बिषयहरु समेट्दै अन्तिम प्रतिवेदन तयार पार्न सुझाव दिएका छन ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्या. डम बहादुर गर्वुजा पुनले अन्नपुर्ण गाउँपालिकाको प्रथम पञ्चबर्षिय योजना (आवधिक विकास योजना) “समृद्ध अन्नपूर्ण, सुखी जनता” भन्ने मुख्य उद्देश्य राखेर तयार गर्न लागिएको बताउनुभयो । स्थानीय उत्पादन, राजगारी र आयमा दिगो बृद्धि, सुशिक्षित र स्वस्थ जनशक्ति तयार,सहज सडक सुविधा,सुरक्षित र ब्यबस्थित बसोबास, जल जमिन र हरियालीको दिगो बृद्धि,सेवा प्रवाह, कार्य सम्पादन र जवाफदेहिताको स्तर बढाई समृद्ध अन्नपूर्ण गाउँपालिका बनाउने योजनाको लक्ष रहेको अध्यक्ष पुनले बताउनुभयो ।

कार्यक्रममा दिइएको सुझावलाई समावेश गरि फाइनल प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाको वैठकबाट स्वीकृत गरि आगामी आर्थिक बर्षबाट कार्यान्वयन प्रक्रियामा लैजाने प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले बताउनुभयो । आगामी आर्थिक बर्षदेखि बजेट बनाउदा यसको उद्देश्य, लक्ष र रणनीतिलाई ध्यानमा राखिने पनि उहाँले बताउनुभयो । काम गर्ने भनेरै योजना बनाएकाले आगामी पाँच बर्ष भित्र योजना अनुसारका कामलाई प्राथमिकताका साथ सम्पन्न गरिने अधिकृत शर्माको भनाई छ ।

विकासको लक्ष, उद्देश्य,रणनीति र नीति, आयोजना र कार्यक्रमको एकिकृत स्वरुप आवधिक योजना तयार पार्न गाउँपालिकाले गण्डकी प्रदेश सरकारको साझेदारीमा गत बर्ष नै परामर्शदाता संग सम्झौता गरेको थियो । तर गत बर्ष कोभिडका कारण समुहगत छलफल, अन्तरक्रिया, गोष्ठी, तथा स्थलगत अनुगमन गरि अध्ययन अनुसन्धान गर्न नसकिएकाले कार्यक्रम स्थगित भएको थियो ।

परामर्शकर्ताले गण्डकी प्रशिक्षण प्रतिष्ठान संग सम्झौताको म्याद थप गरि यस आवमा आवधिक बिकास योजनाको प्रतिवेदनलाई पूर्णता दिन लागेको हो ।

You can share this post!

प्रदेश अध्यक्षका लागि ‘रिजर्ब’ राखिएका तीन नेता

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा बानीयाँ र प्रदेश उपसभापतिमा महतको उम्मेदवारी घोषणा

Related posts