राहुघाट नदी थुनिएर ५ दिन देखि गौडामुनीमा ताल (फोटो फिचर)

म्याग्दीको रघुगंगा गाउँपालिका ६ रायखोर बाट खसेको पहिरोको कारण राहुघाट नदी थुनिएको छ । नदि थुनिदाँ रायखोर र गौडामुनिको सिमानामा रघुगंगा नदी ताल परेको छ । गत पाँच गते खसेको पहिरोको कारण नदी थुनिएर ताल बनेको हो ।

गौडामुनिका स्थानीय मिथुन पाईजाले भन्नुभयो । ५ गते नै नदी करीब १० मिनेट जती सुकेको थियो तर पछि नदी ताल बनेर पहिरोले थुनिएको भागको क्षेउबाट बगेर गएको छ पाईजाले भन्नु भयो ।

रायखोर र मुलपानीको बिचभागमा रहेको पहिरो रघुगंगा नदिमा खसेको थियो । हाल पहिरो त चलेको छैन तर ताल भने निकै परेको देखिन्छ । नदी थुनिए पछि करीब ७ सय मिटर लामो ३ सय मिटर गहिरो ताल बनेको छ पाईजाले भन्नुभयो । पहिरोको कारण बनेको ताल फुटाउनु पर्छ, अहिले नदी तालको क्षेउ बाट बगेको छ र खासै जोखिम भएको छैन तर एकै पटक थुनिएको पहिरो नदीले खोल्यो भने रघुगंगा नदीको तटिय क्षेत्रमा भने जोखिम बढाँउँछ उहाँले भन्नु भयो ।

तस्बिर प्रदिप पाइजा 

You can share this post!

म्याग्दीको खाेमराज शर्मा दृष्टिविहिन वल्ड आईडलको मनोनयनमा

बिपद्का कारण यस बर्ष म्याग्दीमा ३ जनाको मृत्यु १२१ घर पुर्ण रुपमा क्षेति

Related posts