बेगखोला बोलेरो घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

म्याग्दी । म्याग्दीको रघगंगा गाउँपालिका १ बेगखोलामा घात्पा मा सोमबार अपरान्ह भएको बोलेरो जिप दुर्घटना मा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बेनी बाट बेगखोला जाँदै गरेको निलगिरी यातायातको ग १ ज ७२५१ नम्वरको जिप साँझ करिव ५ बजेको समयमा बेगखोला देखि केहि माथी घात्पाको घुम्तीमा दुर्घटना हुँदा जिपमा सवार ८ जना मध्य २ जनाको घटना स्थलमै मृत्यु भएको थियो । भने २ जनाको बेनि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा रघुगंगा गापा १ का गौमाया बिक, चालक दुत बहादुर थापा, खिम पुन र खिमनाथ शर्मा रहेका छन । घाइते हरुको पनि सनाखत भएको छ । बेगकै भिम फगामी बर्ष २०, बेल बहादुर बिक बर्ष ४५, मनोज पुन बर्ष २३ र ज्ञान बहादुर शेर्पुन्जा बर्ष ३० रहेका छन । घाइतेहरु ४ जनाको अबस्था गम्भिर रहेकाले पोखरा रिफर गर्ने तयारि भैरहेको बेनि अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाल ले जानकारी दिनुभयो ।


जिप सडक बाट करिव १ सय ५० मिटर तल खसेको छ । घटना लगत्तै स्थानीय, प्रहरि र अनेरास्ववियुका नेता सुवास बिश्वकर्मा को समुह घटना स्थलमा पुगेर उद्दार गरेका थिए । घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरिले बताएको छ । साँघुरो र घुम्ति सडकमा गाडि ब्याक गर्दा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

You can share this post!

म्याग्दीको बेगखोलामा बोलेरो जिप दुर्घटनाः २ को मृत्यु ६ घाईते

दुर्घटनामा दुईको मृत्यु, एक घाइते

Related posts