तातोपानी कुण्डको संरक्षण गर्नुपर्छः उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । आज (मङ्गलबार) उहाँले तातोपानी कुण्डको स्थलगत अवलोकनपछि संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।

एमाले उपमहासचिव गुरुङले नजिकैबाट बगिरहेको म्याग्दीखोलाको कटानले जुनसुकै समयमा पनि कुण्डलाई असर गर्ने हुँदा संरक्षणको पहल थाल्न आवश्यक रहेको बताउनुभयो । उहाँले तातोपानी कुण्डको संरक्षण गर्नका लागि म्याग्दीखोलाको किनारमा ग्याबिन, जालीभन्दा पनि ठूल्ठूला ढुङ्गाको बलियो पर्खाल लगाउनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहनुभएका एमाले उपमहासचिव गुरुङले भन्नुभयो, ‘तातोपानी कुण्डको संरक्षण गर्नका लागि अलि धेरै पैसा चाहिन्छ । पैसा कि प्रदेश सरकारसँग माग्नुप¥यो, कि केन्द्र सरकारसँग माग्नुप¥यो । यो २०÷३० लाखले केही पनि हुँदैन । दुईचार करोडदेखि पाँच–दश करोडसम्मको बजेट चाहिन्छ । कुण्डलाई नदी कटानबाट जोगाउन ठूल्ठूलो ढुङ्गा (बोल्डर) लगाउनुपर्छ ।

ग्याबिन जालीचाहीँ हुँदैन । ग्याबिन त भुइँमाथि नै बस्छ त्यो तल भुइँ कोतरेपछि ग्याबिन आफै ढलिहाल्छ । त्यसकारण ठूल्ठूला बोल्डरहरु ढुङ्गाको पर्खाल लगाउनुपर्छ । समुन्द्रको किनारमा जसरी ठूल्ठूलो बोल्डर राखेको हुन्छ त्यसैगरी खोलाको किनारमा पनि राख्नुपर्छ ।’
म्याग्दीको तातोपानी कुण्डलाई प्राकृतिक उपचारको चिकित्सालयका रुपमा विकास गर्नुपर्ने भन्दै एमाले उपमहासचिव गुरुङले यसका लागि आवश्यक संरचनाहरु निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कुण्डमा आवश्यक पर्ने संरचना बनाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्र सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो । तातोपानी कुण्डको महत्व बृहत्तर रहेको उहाँको भनाइ छ ।

तातोपानी कुण्डमा नुहाएपछि अनुभव सुनाउँदै एमाले उपमहासचिव गुरुङले भन्नुभयो– ‘कुण्डमा डुबेर ज्यान हलुङ्गो भयो । यसले पक्कै पनि स्वास्थ्यका लागि धेरै महत्वपूर्ण छ जस्तो लाग्यो ।’ ‘तातोपानी कुण्डमा मान्छेले नुहाएर स्नान गरेर फिजियोथेरापीसँग जोड्ने कुरा छ ।

वा प्राकृतिक चिकित्सालयसँग जोड्ने कुरा एकदमै महत्वपूर्ण छ’ उहाँले भन्नुभयो । ‘कुण्डलाई म्याग्दी जिल्लाको चिकित्सालयका रुपमा विकास गर्नुपर्छ । यसले धेरै बिरामीलाई उपचार गरेर निको बनाएको कुराले हामी धेरै उत्साहित भएका छौं । यसको यथोचित प्रचार गर्नुप¥यो । तातोपानी कुण्डको संरक्षण जरुरी छ । खोलाले कुनै पनि दिन यसको अस्तित्व समाप्त गर्न सक्छ । त्यसैले यसमा राज्यको ध्यान जानुप¥यो । यसका लािग केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्छ ।

तातोपानी कुण्डलाई प्राकृतिक चिकित्सालयको रुपमा विकास गर्नका लागि यसअघि पर्यटन मन्त्रालयबाट ५० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको छ । यसैगरी गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँको आर्थिक सहयोगमा थेरापी र प्राकृतिक चिकित्सालय सञ्चालन गर्न आवश्यक उपचार सामग्री जडान गरिएको छ ।

जमिन मुनिबाट झण्डै ५० डिग्री सेन्टिग्रेडको तापक्रममा बिरेनुनको स्वादमा तातोपानी निस्कने गर्दछ । तातोपानीको कुण्डमा स्नान गरेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, घाउखटिरा, सड्केको, मर्किएको, नसा च्यापिएको, बज्रिएको साथै चिसोबाट उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वास छ । कुण्डमा नुहाउन स्वदेश र विदेशबाट बिरामीहरु आउने गरेका छन् ।

 

You can share this post!

किसानी माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन, प्राविधिक शिक्षामा जोड दिनुपर्छः पूर्व मुख्यमन्त्री गुरुङ

अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पसको नवौँ क्याम्पस कमिटि सम्मेलनः अध्यक्षमा आकाश पुन

Related posts