धौलागिरी अस्पतालमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया

धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ५ की ३० वर्षिया महिलाको अस्पतालमा जटिल शल्यक्रिया भएको हो । लामो समयदेखि पाठेघरबाट रगत बग्ने समस्या रहेकी महिलाको अस्पतालका चिकित्सकहरुले शल्यक्रिया गरेर निकालेको हो ।कात्तिक ३० गते शल्यक्रिया गराएकी महिला चार दिनपछि निको भएर घर फर्किएकी छन् । अस्पतालका स्त्री रोग विशेषज्ञ डा. केशव आचार्यको तथा स्वास्थ्यकर्मीको टोलीले पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया गरिएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले बताए ।

हामी जनशक्ति, प्रबिधि र उपकरण सबै हिसाबले तयार थियौं, शल्यक्रिया सफल भयो’ डा. पोखरेलले भने ‘बिरामी र अस्पताल सबैका लागि यो खुसीको क्षण हो ।’ चार सन्तानकी आमा रहेकी ती महिलाले सुरुवातदेखि नै अस्पतालमा उपचार गराउँदै आएकी थिईन् । शल्यक्रियामार्फत पाठेघर फालेपछि मात्रै निको हुने निधो भएपछि उनको शल्यक्रिया गरिएको हो ।‘

अस्पतालले पहिले पनि यस्तो अप्रेसन गर्न सक्थ्यो तर केही सामग्री र तालिम प्राप्त जनशक्तिको अभाव थियो’ अस्पतालका प्रमुख पोखरेल भन्छन् ‘अहिले हामीले सामग्री जुटायौं, उपरकणको समस्या छैन् ।’ बेला बेलामा नर्सिङ स्टाफलाई तालिम दिने, प्रबिधिमा अध्यावधिक गराउने लगायतका काम भैरहेको उनले बताए ।

अस्पतालमै शल्यक्रिया भएपछि पोखरा, काठमाण्डौ पुग्दा लाग्ने बिरामीको खर्चसमेत जोगिएको छ । अस्पतालका अनुसार निजी अस्पतालले यो खालको शल्यक्रिया गर्दा एक लाखसम्म खर्च निकाल्छन् । सरकारी अस्पतालमा पनि जिल्ला बाहिर जाँदा बिरामीको आतेजाते र बसाईमा धेरै खर्च हुने गरेको थियो । कमजोर आर्थिक अवस्था भएका बिरामीको लागि अस्पतालले पछिल्लो समय उपलव्ध गराएका सुविधाले सहज बनाएको बिरामीका आफन्तले बताए ।

You can share this post!

त्रिवेणीधाममा पर्यटक आगमनमा वृद्धि

राष्ट्रिय टिमबाट चर्चित भएपछि लिग खेल्न आएका मनिष र आयुष

Related posts