म्याग्दी काँग्रेसमा गर्वुजाकै नेतृत्व, आगामी निर्बाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिबद्धता

म्याग्दी । नेपाली काग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्बाचित खम्बिर गर्बुजाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

गर्वुजाले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनका कमीकमजोरीलाइ सच्याउँदै नयाँ योजना सहित जनताको माझमा जाने बताउँदै स्थानीय तह लगत्तै हुने प्रदेश र संघीय चुनावमा काँग्रेसलाई जिल्लामा पहिलो दल बनाउने आफ्नो कार्यसमितिको प्रमुख कार्यभार भएको बताउनुभयो ।

सहमति नभएका पदमा मतदानको प्रक्रियाबाट चुनिएपनि आन्तरिक एकतामा कुनै असर नगरेको भन्दै निर्वाचनमा सहभागी भएकालाई आफ्नो क्षमता अनुसारको उचित जिम्मेवारीका लागी सधै तयार रहेको उहाँको भनाई थियो । शनिबार पद तथा गोपनियताको सपथ लिदै सभापति गर्बुजाले पार्टीका अग्रजहरुको सम्मान तथा सुझावमा आगामी कार्यकाललाई सफल बनाउने उद्घोष गर्नुभयो ।

उहाँले जिल्ला कार्यसमितिमा चुनिएकालाई अनिवार्य बैठकमा सहभागी हुने, जिल्ला, प्रदेश समितिले नियमित आफ्नो गतिविधिलाई जिल्लामा लिखित उपलब्ध गराउने र भौगोलिक विकटताका कारण पार्टी कार्यालयमा हुने बैठकमा सहभागी हुन नसक्ने अवस्थामा पालिकास्तरमै बैठकको आयोजना गरिने बताउनुभयो ।

‘सुझाव र आलोचनाको सधैँ स्वागत गरिन्छ, जिम्मेवार नेताहरूले आफ्नो हैसियतलाई बुझ्नुहोला’ सभापति गर्बुजाले भन्नुभयो। उहाँले अधिवेशनसको समापनसँगै आन्तरिक प्रतिस्पर्धा सकिएको बताउनुभयो । अव काँग्रेस एकढिक्का भएर म्याग्दीमा जित हाँसिल गर्ने कार्ययोजना बनाउनु पर्ने उहाँको भनाई थियो ।

अधिबेशनमा जिल्ला सभापतिमा गर्बुजा निर्बिरोध भएपनि उपसभापति, सचिब, सहसचिब, सदस्य र महाधिबेशन प्रतिनिधीहरुका लागि बिहिबार मतदान भएको थियो । पटक–पटकको सहमतिमा उम्मेदवार पछि हट्न नमानेपछि भएको मतदानबाट उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी केबी, सचिबमा हिराबहादुर पुन र भरत रकाल, सहसचिबमा श्रीराम पौडेल र धु्रवराज कार्की निर्वाचित भएको निर्बाचन सहायक अधिकृत प्रकाश सुबेदीले बताउनुभयो ।

महाधिबेशन प्रतिनिधीमा चिरञ्जबी शर्मा, जिबनकुमार मल्ल, धनबहादुर छन्त्याल, बिक्रम बोगटी, नेत्रबहादुर महत, रेशमबहादुर बानियाँ, मुकुन छन्त्याल, बिपिन खड्का, शिब केसी, श्रीप्रसाद रोका, चित्रबहादुर केसी, बलभद्र ढकाल, ओमकुमारी फगामी, पुनमकुमारी खोरजा, बिमला गौचन, खिमकुमारी पुर्जा, देबीकुमारी बुढा, धनकुमारी थापा, दिपेन्द्र श्रेष्ठ, बमबहादुर पुन, भिमबहादुर रोका, मनकुमारी बिक, यामबहादुर हर्मेल, अन्जित खान र सुरेन्द्र खत्री निर्बाचित भएका छन ।

अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यहरूमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानिया, अमृता भण्डारी, मनबहादुर शेरपुञ्जा, पुष्पा बानिया बरुवाल, गमबहादुर फगामी पुन, मनरुपा पुन, चमु पुन, युगकुमारी सेन, पुस्करबहादुर पुन, रामदेबी पुन, काजीमान रोका, लक्ष्मीकुमारी केसी, सम्मरबहादुर थापा, तुलसीदेबी पुर्जा, ललिता तिलिजा, पुर्णबहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बालकुमार लामिछाने र अमृतमान शेरचन निर्बाचित भएका छन ।

बेलायती गोर्खा सैनिकका सेवानिबृत्त गर्बुजा बि.स. २०७० र २०७४ को संसदीय निर्बाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेर पराजित हुनुभएको थियो । गर्वजा यस अघि पनि नेपाली काँग्रेस म्याग्दीको जिल्ला सभापति हुनुहुन्थ्यो ।

 

You can share this post!

सडक दौड प्रतियोगितामा बेनी बोर्डिङका भूमिराज र हेम माविकी मनिषा प्रथम

मुल्य वृद्धिको विरोधमा सडकमा उत्रियो अनेरास्ववियु बागलुङ

Related posts