लकडाउन असार २३ गतेसम्म

म्याग्दीमा निषेधाज्ञा लकडाउन आगामी असार २३ गतेसम्म थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी २३ गते सम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
खाद्यान्न ,कृषि औजार ,मल ,विउविजन ,स्थानिय उत्पादित तरकारी ,फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,हार्डवयर पसल ,पुस्तक तथा स्टेशनरी पसल ,सुनचाँदी पसल ,टेलरिङ,फेन्सी तथा कपडा पसल ,इलेक्टे«कल ,इलेक्ट्रोनिक्स,भाँडापसल ,ग्याँस ,पेट्रोल लगायत सेवाका पसलह स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पुर्ण पालना गरी बिहान ५ बजेदेखी १ बजेसम्म खुल्नेछन् ।
यातायाताका सवारी साधनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।त्यस्तै जिल्लामा कोरोनाको परिक्षणको दायरा बढाउने निर्णय गरेको छ ।यसअघिको निर्णय अनुसार जारी लकडाउनमा जिल्ला स्थित सरकारी कार्यालयले साप्ताहिक रुपमा आलोपालो प्रणाली अनुसार सेवा दिइरहेका छन् ।निर्णय अनुसार आइतबार धवलागिरी र अन्नपुर्ण गाउँपालिका,सोमबार मालिका गाउँपालिका ,मंगलबार बेनी नरपालिका,बुधबार रघुगंगा गाउँपालिका ,बिहिबार मंगला गाउँपालिका र शुक्रबार बेनी नगरपालिकाले सेवा दिनेछन् ।

You can share this post!

मसार तथा राक्सेका बाढीपहिरो प्रभावितलाई एमाले म्याग्दीद्वारा खाद्यान्न वितरण

सिमलचौरमा जिप दुर्घटना २ को मृत्यु ६ जना घाईते

Related posts