म्याग्दी । जिल्ला हुलाक कार्यालय म्याग्दीले १४७ औँ विश्व हुलाक दिवस मनाएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयमा उत्कृष्ट कर्मचारी सम्मान, एबँ बिजायदशमीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै दिवस मनाएको हो ।
सो अबसरमा बि.स. २०४३ साल देखि जिल्ला हुलाक कार्यालयमा हुलाकीको रुपमा कार्यरत मुक्त प्रसाद बरुवाल, र करार हुलाकी पदमा कार्यरत सकुन्तला शाक्यलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको छ । उहाँहरुलाई हुलाक अधिकृत साधना कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।
बिगत ३५ बर्ष देखि हुलाक कार्यालयमा आबद्ध भई हाल पोखरेबगर–घार डाँक लाइनमा कार्यरत बरुवालले सम्मानित हँुदा निकै खुसी महशुस गर्दै आफ्नो कार्य अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा बोल्दै हालै दाङबाट सरुवा भई म्याग्दी आउनु भएका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरकारी कामकाजमा महत्वपूर्ण कागजपत्रको अभिलेखिकरण गर्नका लागि हुलाक आबश्यक हुने बताउनुभयो । हुलाक नेपालको पुरानो र बिश्वासिलो संचारको सेवा भएको भन्दै प्रजिअ रानाले हाल प्रबिधिको बिकासले संचारका माध्यमहरु अनेक भएपनि हुलाकको आफ्नै बिशेष महत्व भएको बताउनुभयो ।
उहाँले जिल्ला स्थित सबै सरकारी कार्यालयहरुमा सूचना अधिकारी हुनुपर्ने, कार्यालयको वेभसाइट हुनुपर्ने, त्यहाँ कार्यालयको सेवा लगाएतका गतिबिधिहरु प्रस्तुत गरिनुपर्ने र त्यसको निरक्षण जिल्ला हुलाक कार्यालयले गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीले हुलाकको इतिहाँस महत्वपूर्ण र संबेदनशिल भएको बताउनुभयो । अब हुलाकको सेवालाई प्रबिधिमैत्री र नागरिकमैत्री बनाउन आवश्यक रहको पनि उहाँको भनाई थियो ।
हुलाक अधिकृत श्रेष्ठले दुरदारजमा गएर सरकारको काम गर्ने अभिन्न अंग हुलाक भएको बताउनुभयो । देशले विश्व संग सम्बन्ध स्थापना गर्ने माध्यम पनि हुलाकनै भएको उहाँको तर्क थियो । हाल नेपालभर १७ हजार कर्मचारी आबद्ध हुलाक सेवामा आबश्यक श्रोत र साधन उपलब्ध नहुदा कार्य सम्पादनमा असहज भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । हुलाक अधिकृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन खरिदार गोबिन्द पुनले गर्नुभएको थियो ।