प्रथम गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि म्याग्दीबाट खेलाडी छनौट

म्याग्दी । गण्डकी प्रदेश भलिबल संघको आयोजनामा संचालन हुन लागेको प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि म्याग्दी जिल्लाबाट खेलाडी छनौट गरिएको छ ।

पौष ६ देखि १० गतेसम्म संचालन हुन लागेको प्रतियोगितामा सहभागि हुनका लागि म्याग्दीबाट सुजन चोखालको कप्तानीमा १२ सदस्यीय टोली छनौट गरिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

जिल्लास्तरबाट छनौट गरिएको टोलीमा खेलाडीहरु रामकृष्ण खत्री, सुनिल सुन्दास, मदन चोखाल, मनिष गौचन, असोक खत्री, विशाल भण्डारी, जंग बहादुर विश्वकर्मा, सचिन परियार, शिव श्रेष्ठ, रविन दर्जी र सुरेश परियार रहेका छन ।

प्रतियोगिताका लागि मुख्य प्रशिक्षकमा खड्क केसी, सहायक प्रशिक्षकमा असोक शाही र टिम व्यवस्थापकमा मनोज खड्कालाई चयन गरिएको अध्यक्ष बानियाँले बताउनुभयो ।

‘खेलाडी छनौट संगै खेलको अभ्यास थालिएको छ, प्रदेश स्तरको भलिबल प्रतियोगितामा उपाधिका लागि दावेदार हुने गरि टिम छनौट गरिएको छ’, अध्यक्ष बानियाँले भन्नुभयो ।

उहाँका अनुसार टिम छनौटका लागि संचालन गरिएको प्रतियोगितामा १३ जना खेलाडीहरु सहभागि बनेका थिए । १३ मध्य १२ जनालाई छनौट गरिएको हो ।

जिल्लाका खेलाडीहरुको उत्थान, र भलिबल खेलको विकासका लागि संघले विभिन्न गतिविधिहरु संचालन गर्ने योजना बनाएको छ । ग्रामिण भेगका खेलाडीहरुलाई आधारभूत ज्ञान, सिप प्रदान गर्ने उद्देश्य अनुरुप स्थानीय क्लव तथा वडा, पालिकाहरु संग समन्वय तथा सहकार्य गरि भलिबल प्रशिक्षण कार्यक्रम समेत संचालन गर्न थालिएको संघका महासचिव कुमार किसानले बताउनुभयो ।

You can share this post!

घारमा सर्वोत्तम पिठो उत्पादन सम्वन्धि तालिम संचालन

युके निवासी शिला थापाद्वारा बरंजाका विद्यालय तथा संघ संस्थालाई ११ लाख बढि सहयोग

Related posts