नेपाली काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशन बाट उपसभापति पदमा हरिकुमार श्रेष्ठ र केबि भण्डारी निर्वाचित हुनुभएको छ । बिहिबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उपसभापति का प्रत्यासी माधव रेग्मी, मिन बहादुर कार्की, डम बहादुर पुन र कमल छन्त्याललाई पराजित गर्दै श्रेष्ठ र भण्डारी बिजयी हुनुभएको हो ।
त्यस्तै सचिवमा भरत रकाल र हिरा पुन मगर बिजयी हुनुभएको छ भने सहसचिवमा ध्रुव राज कार्कि र श्रीराम पौडेल बिजयी हुनुभएको निर्बाचन समितिले जनाएको छ ।
मतगणनाको अन्तिम परिणाम अनुसार बेनी नगरपालिकाका मेयर समेत रहनुभएका श्रेष्ठले ३५४ मत र अर्का विजयी उम्मेदवार केबी भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ ।जिल्ला कार्यसमितिको उपसभापतिको दुई पदमा ६ जनाका विच प्रतिस्पर्धा भएको थियो।