उद्योगी व्यवसायीहरुको चर्काे विरोध हुदाँ हुदै पनि थपियो २८ गते सम्म लकडाउन

म्याग्दीको बेनी नगरपालिकामा कार्तिक २८ गते राति १२ बजे सम्मका लागि लकडाउन थपिएको छ । बेनी नगरपालिकाले डिसीसीएमसी लाई एक हप्ता लकडाउन गर्न सुझाब पेश गरे पछि उक्त सुझाब विषयमा म्याग्दीका उद्योगि तथा व्यवसायीहरुले चर्क बिरोध गरेका थिए । कि सबै क्षेत्रमा लकडाउन कडाइका साथ गर्नु पर्ने होइन भने बजारमा मान्छे डुलेको डुल्यौ, एक जिल्ला बाट अर्काे जिल्लामा मान्छेको आउजाउ गर्ने कार्य र यातायात सञ्चालन लाई बन्द नगरे सम्म लकडाउनको कुनै अर्थ नहुने भन्दै व्यवासयिहरुले सामाजिक सञ्जालमा चर्के रुपमा विरोध गरेका थिए ।
यातायात क्षेत्र बन्द नहुदाँ सम्म लकडाउन गर्नुको कुनै अर्थ नभएको भन्दै चौतर्फि आलोचना भै रहेका बेला बेनी नगरपालिकाले गरेको सिफारीसलाई आधार मानेर लकडाउन गरीएको हो । पुरानै शैलिमा अतिआवश्यक बाहेक अन्य सरकारी तथा गैह्र सरकारी कार्यालयको सेवासुविधा र दोकान बन्द हुने भएका छन् । यस भन्दा अगाडि अत्यावश्यक समाग्रीका दोकान बिहान ८ बजे देखि १० बजे सम्म खोल्न पाउनेमा अहिले बेलुकी ४ बजे देखि ६ बजे सम्म पनि खुल्न पाउने भएका छन् ।
डिसीसीएमसी म्याग्दी लाई बेनी नगरपालिकाले लकडाउनको समय हप्ता थप गर्न सुझाब पेश गरेको थियो । सोही सुझाब माथि छलफल गर्नका लागि बसेको बैठकमा नगरपालिकाको सुझाबलाई आधार मानेर डिसीसीएमसी म्याग्दीको बैठले लकडाउन गर्ने निर्णय गरेको डिसिसिएमसी म्याग्दीका प्रर्वक्ता तथा जिल्ला स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो । म्याग्दीका उद्योगि व्यवसायिहरुको ईच्छा विपरीत गरीएको उक्त लकडाउनलाई पलाना गराउन भने कठिन देखिन्छ । बजारमा उद्योगि तथा व्यवसायीहरुको यातायात क्षेत्र पनि बन्द गर्नु पर्ने नत्र सबै क्षेत्र खुला गर्नु पर्ने भन्दै सामाजिक सञ्जालमा माग राख्दै आइरहेका छन् ।

You can share this post!

नगरपालीका भन्छ लकडाउन थप, उद्योगी व्यवसायी भन्छन् के काे लकडाउन थप

कक्षा ११ को ग्रेड वृद्धि परिक्षालाइ लकडाउले कुनै असर गर्दैन

Related posts