नगरपालीका भन्छ लकडाउन थप, उद्योगी व्यवसायी भन्छन् के काे लकडाउन थप

म्याग्दीमा गएको १४ गते बेलुकि १२ बजे देखि लकडाउन गरीएको छ । सार्वजनिक यातायात बाहेक अन्य सरकारी तथा गैह्र सरकारी कर्यालयका सेवाहरु बन्द अवस्थामा रहेका छन् भने अति आत्यावश्क बाहेक अन्य पसलहरु बन्द रहेका छन्् । १४ गते देखि २१ गते बेलुका राति सम्म गरेको लकडाउन आज राति १२ बजे सकिदै छ । लकडाउन थप गर्ने कि नगर्ने भन्ने बिषयमा सरोकार वाला र व्यवसायीहरु विच कुरा बाँझिएको छ ।
म्याग्दीका उद्योगि तथा व्यवसायीहरुले यदि लकडाउन थप गर्ने हो भने सबै क्षेत्र बन्द गर्ने आवाज उठाएका छन् । बेनी नगरपालिकाले डिसिसिएमसी म्याग्दीलाई थप एक हप्ता सम्म लकडाउन थप्नका लागि सुझाव दिएको छ । बेनी नगरपालिकाले दिएको सुझाव लाई उघोगि तथा व्यवसायीहरुले समाजिक सञ्जाल मार्फत विरोध गरेका छन् । होटल याक का सञ्चालक, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा म्याग्दी शाखाका अध्यक्ष तारानाथ आचार्य (बाबुराम)ले यो खालको लकडाउन नगर्न र लकडाउन गर्ने नै हो भने पछि सबै क्षेत्र निश्चित समयका लागि बन्द गर्नु पर्ने नत्र यस्तो खालको लकडाउन गरेर व्यवसायिलाई मात्रै थुनेर नहुने लकडाउनको बिकल्प खोजिनु पर्ने बताएका छन् ।


उनले समाजिक सञ्जालमा यस विषयमा यस्तो खालको धारणा व्यक्त गरेका छन् । ए.वि.सि. कुनै एउटा घर र ब्यक्ती बाट सुरु भएर आतङ्क को रुपमा फैलीएको कोभिड( १९ संक्रमण घर परिवार लगाएत हामि सबैलाई दुःखी बनाउँदै आजको दिन सम्म धेरै घर ब्यक्ती सम्म पुगेको छ । अहिले आएर फेरी १ हप्ता यो अव्यावहारिक लकडाउन बिच पुर्ब को ब्यक्ती पश्चिम र पश्चिम को पुर्व पुगेको छ । निर्वाद रुपमा गाडी गुडेका छन । यथास्थिति मा ७ दीन लाई बढाएर १४ दिन पु¥याउने कुरा आएको छ । यो एक हप्ता को वन्दमा श्रोतका अनुसार जिल्ला भरको कन्ट्राक्ट ट्रेसिङ्ग गर्दा ५०÷५५ जनाको पिसीआर टेष्ट गरियो १२÷१३ जना पोजेटीभ देखिएको छ । उल्लेखीत संख्या का संक्रमित सवै होम आईसोलेसन छन् भने थप पिसीआर रिपोर्ट पर्खाईमा छन ।अब मलाई प्रश्ट पार्नुस् कुन चाहि संक्रमित राम ,सिता ,गिता, श्याम , कस्लाई आधार मानेर ७ दिन बाट वढाएर १४ दिन लकडाउन गर्न खोजिएको हो । यस्तो खालको तर्कको बन्दले त अनन्त सम्म जाने देखियो । त्यसैले आज हुन गैरहेको डि.सी.एम.सी को बैठक ले बन्द गर्न नै पर्ने भए सबैकुरा ठप्पै बन्द गरौं त्यसो गर्दा प्रभावकारी होला । अन्यथा बन्द सदाको को लागी अन्त्य गरेको सुभ समाचार सुन्न पाइयोस । हैन भने कुन संक्रमित लाई १४ दिनपु¥याउने हो ? के यो सम्भव छ ? यस प्रश्नको उत्तर सम्वन्धीत निकाय बाट आउनजरुरी छ । त्यसैले हामी सवैले सुरक्षा विधी अवलम्वन गरी यो कोमा मा पुग्न लागेको अर्थतन्त्र लाई चलाएमान बनाउन हातेमालो गरौँ भनेर आफ्नो धाराणा व्यक्त गरेका छन् ।


त्यसैगरी बेनीको हुलाक चोकमा रहेको नरेश मोवाइल सेन्टर सञ्चालक नरेश श्रेष्ठलेजार क्षेत्र बन्द छन, यातायात क्षेत्र खुल्ला , वजार क्षेत्रलाई मात्र बन्द गरेर कोरोना रोकथाम हुन्छ स्थानीय सरकार ? होइन भने बन्दको समय अवधी थपेर के को नाटक मन्चन गरीदैछ ? सरोकार वाला निकाय किन मैन छ ? सवैजना उच्च सुरक्षा विधि अंगालेर कोरोनासंग मुकाविला गर्नुको कुनै विकल्प नै छैन भन्दै आफ्नो धारण व्यक्त गरेका छन् ।
लकडाउन समय थप गर्ने कि खोल्ने के छ उद्योग बाणिज्य संघको धारणा ?
जब सम्म यायायात क्षेत्र समेत बन्द हुदैन, बाहिरी जिल्ला बाट मान्छे सिधै गाउँ गाउँमा गै रहन्छन् तब सम्म बेनीमा पसल बन्द गर्नुको कुनै औचित्य नरहेको म्याग्दी उघोग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनु भयो । उहाँले बन्द भनेको छ मान्छे ओहोर दोहोर गरीरहेका नै छन् । एक उठाउँको मान्छे अर्क ठाउँमा गएका छन् । पसल मात्रै बन्द भएर कोरोना रोकिने होइन त्यसैले खोल्नु पर्ने उघोग बाणिज्य संघको माग रहेको बताउनु भयो । उहाँले आफुले बिहान बस्तुगत संघ हरू संग पनि छलफल गरेको र बस्तुगत संघ संगको छलफलमा पनि बन्द खोलिनु पर्ने माग आएकाले उघोग बाणिज्य संघले बन्द खाेल्नका लागि अनुरोध गर्ने भएको हो ।
कोरोना महामारी र पछिल्लो एक हप्ताको बन्दले निमार्ण क्षेत्रमा पारेको असर
कोरोनाका कारण महामारीले पहिले देखि नै निमार्ण क्षेत्र थला पारेको क्षेत्र हो । म्याग्दीमा बाहिरी जिल्ला बाट मज्दुर ल्याएर निमार्ण कार्य गरीने गरिन्छ । पहिले र अहिले गरेको बन्दका कारण निमार्ण क्षेत्र पनि धारसायी स्थितीमा पुगेको छ । निमार्ण व्यवसायीहरुलाई बैकले रिण नदिने, व्यवसायीहरुका थन्कीएर बसेका सामानहरु सञ्चालनमा ल्याउनका लागि राज्यबाट कुनै पहल नहुनले गर्दा पनि निमार्ण क्षेत्र धरासयि बनेको र यदि अझै पनि बन्द गर्दै जाने हो भने निमार्ण व्यवसायीहरुले काम गर्न गाह्रो हुने स्थिती आउने निमार्ण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नाराण जिसीले बताउनु भयो ।
डिसिसिएमसी भन्छ नगरपालिकाले सिफारिस गरीसक्यो अब बिज्ञको सुझाब अनुसार बन्द थपीन्छ
डिसीसीएमसी म्याग्दीका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले नगरपालिकाले बन्द थप गर्नका लागि निवेदन पठाइ सक्केकाले अब विज्ञहरुको सुझाब सल्लाह अनुसार बन्द थप हुने बताउनु भएको छ । त्यसैगरी डिसीसीएमसी म्याग्दीका प्रवत्ता तथा स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले कि त बन्द नै गर्न हुने थिएन होइन भने पछि १४ दिन बन्द गरेपछि मात्रै जिल्लाको अवस्थाका बारेमा जानाकारी हुने भएकाले बन्द थप गर्नुको विकल्प नरहेको बताउनु भएको छ । बेनी नगरपालिकामा लकडाउन गरे पछि जिल्लाका अन्य गाउँपालिकाहरुले पनि पछिल्लो समय लकडाउन गरेका छन् ।

अन्य सार्वसाधरणका भनाइ 

 

You can share this post!

३ साता कै अवधिमा आशा देखाउँदै अर्थमन्त्री

उद्योगी व्यवसायीहरुको चर्काे विरोध हुदाँ हुदै पनि थपियो २८ गते सम्म लकडाउन

Related posts