अवरुद्ध बेनी बागलुङ र बेनी दरवाङ सडक सञ्चालनमा

लगतार परेको भारी बर्षाका कारण बन्द हुन पुगेको बेनी बागलुङ र बेनी दरवाङ सडक खण्ड सञ्चालनमा आएको छ । सडको विभिन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध बनेको थियो । पुर्वधार विकास कार्यलय म्याग्दीले बन्द भएको सडक मर्मत गरेर सञ्चालनमा ल्याएको पुर्वधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सन्तोष अर्यालले बताउनु भयो ।


बेनी बागलुङ खण्डमा खबरा र रानिवनमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । खबरा र रानिबनमा गरि १०० मिटर बाटोमा गएको पहिरो हटाएर अवरुद्ध सडक लाई पुर्ण सञ्चालनमा ल्याईएको स्थानिय सुजन थापाले बताउनु भयोे । अवरुद्ध सडक निमार्ण भए पछि रत्नेचौरका बासिन्दा लाइ सदरमुकाम बेनी आउन जाँन सहज भएको र बेनी बागलुङ सिधा सडक सञ्चालन गर्न सकिने भएको छ ।


त्यसैगरी बेनी दरवाङ सडक खण्डको तातोपानि अगाडि रहेको फापरखेतको भिरमा आएको पहिरो हटाएर सडक सञ्चालनमा ल्याएको ईन्जीनियर अर्यालले बताउनु भयो । हिजो पनि सोही स्थानमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याएईएको थियो तर राति आएको पानिको कारण पुन पहिरो आए पछि आज फेरी पहिरो हटाएर पुनः सडक सञ्चालनमा ल्याईएको हो ।

You can share this post!

मः म को माग ग्रामीण क्षेत्रबाट बढी आउन थाल्यो

म्याग्दीका विश्वकर्मा सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेशको उपसभापतिमा भारी मतले बिजयी

Related posts