अनेरास्ववियु गण्डकीको दुई अभियानः ‘म अखिल’ र ‘अखिल हेल्पलाइन’ सुरु

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु गण्डकी प्रदेश कमिटिले निकै सक्रियतापूर्वक आफ्नो गतिविधिलाई अघि बढाएको छ । अखिलले गण्डकीबाट दुई स्वयंसेवी अभियान शुभारम्भ गरेको छ । जुन पहिलो पूर्ण बैठकले गरेको निर्णय हो ।

म अखिल र अखिल हेल्पलाईन अभियान सोमबारदेखि सुरु भएको अखिल गण्डकीका संयोजक प्रकाश पौडेलले जनाए । अनेरास्ववियु गण्डकी प्रदेशले बृहत विद्यार्थी भेला आयोजना गरी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक किरण गुरुङबाट यो अभियान सुरु गरेको हो ।

अनेरास्ववियुले विपत्तिमा सहारा, बिभेदमा बिद्रोह नाराका साथ प्रदेशव्यापी म अखिल अभियान प्रारम्भ गरेको छ । यसले विद्यालय विद्यालयमा विद्यार्थीहरुलाई अखिल आन्दोलनमा जोड्ने संयोजक पौडेलले बताए ।

नागरिक र विद्यार्थीको गुनासोलाई सम्बोधन गर्ने हेतु ह्वाटस एप्स र भाइबरमा ९८४६५७०१५६ नम्बर एक्टिभ बनाई अखिल हेल्पलाइन पनि प्रारम्भ गरेको हो । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक किरण गुरुङले विद्यार्थी लक्षित यस्ता रचनात्मक कार्यले विद्यार्थीहरु अखिल आन्दोलनमा समाहित हुन प्रेरित हुने बताए ।

उनले बिरोध, तोडफोड, आन्दोलनको समय अब होइन भन्दै अखिलले आफ्नो मर्म र भावना अनुसार गण्डकीबाट रचनात्मक अभियान सुरु गरेकोमा प्रशन्नता व्यक्त गरे ।

केन्द्रिय सदस्य तथा विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, पूर्व अध्यक्ष किशोर बिक्रम मल्ल, अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलिप न्यौपाने लगायतले अनेरास्ववियुको कदमको प्रशंसा गरेका थिए

You can share this post!

बेनीमा सहकारीको संस्थागत विकासका लागि आधारभूत तालिम सुरु

मुगुको गमगढी बजारमा आगलागी, १८ घरमा क्षति

Related posts