इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट

ईटहरी असोज १८  इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कारपछि लुटपाट इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ।

इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सामूहिक बलात्कार भएको हो। तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको  छ।

ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले कुटपिट गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कुटपिटपछि धान खेतमा लगेर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो।

बलात्कारपछि ती महिलाको दुई तोला चार आनाको सुनको सिक्री र नगद तीन हजार लुटपाट भएको उहाले बताउनुभयो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जना नाबालक १८ वर्ष मुनिका छन्।

अर्का एक जना भने फरार रहेको थापाले बताउनुभयो । पक्राउ परेका सबैलाई जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाइएको उहाले  बताउनुभयो ।

‘बलात्कारपछि लुटपाट भएको उजुरी लिएर ती महिला प्रहरीमा आइपुगेकी थिइन्, उनले दिएको हुलियाका आधारमा पाँच जनालाई पक्राउ गरिएको छ,’ थापाले भन्नुभयो , ‘पीडितको शारीरिक जाँचसमेतका आधारमा जबरजस्ती करणी कसुरमा हिरासतमा राखी अनुसन्धान सुरू गरिएको छ।’

You can share this post!

इन्टरनेट र केवुलका तार नकाट्ने सहमति, समस्या समाधानका लागि बन्यो समिति

सोमबार १ हजार कोभिड बिरामी थपिए, १० जनाको मृत्यु १ हजार संक्रमणमुक्त

Related posts