म्याग्दीका नवआगन्तुक प्रनाउ कुँवर र पत्रकारहरु विच अन्तरक्रिया

म्याग्दी । म्याग्दीमा नवआगन्तुक प्रहरी नायब उपरीक्षक मदन कुँवर र जिल्लामा क्रियाशिल पत्रकारहरु विच अन्तरक्रिया भएको छ । आईतवार प्रनाउ कुँवरको कार्यकक्षमा आयोजित कार्यक्रममा उहाँले जिल्लामा लागुऔषध दुव्र्यसन र साईवर अपराध नियन्त्रणमा प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ ।

‘जिल्लामा शान्ति सुरक्षालाई मजवुत बनाउने कार्य त भइनैहाल्यो, त्यो संगै लागुऔषध र साईवर अपराधको घटनालाई नियन्त्रण गर्ने मुख्य योजना बनाएको छु’, प्रनाउ कुँवरले भन्नुभयो ।

‘‘लागुऔषधको समस्या यस जिल्लामा पनि रहेको मैले बुझेको छु, विद्यालय उमेरका बालबालिकादेखि युवायुवति सम्म नै यसको कुलतमा फस्ने समस्या विद्यमान छ, त्यसका लागि सचेतना अभियान सञ्चालन गर्ने र भैहालेको अवस्थामा रोकथाम र आवश्यक कानुनी उपचारमा कुनै कसुर बाँकी राख्दैनौँ’’–उहाँले भन्नुभयो ।

प्रनाउ कुँवरले सामाजिक सञ्जाल लगायतको माध्ययमबाट ठगी गर्ने लगायतका साइबर अपराधका घटना पनि बढ्न थालेकाले त्यसलाई रोकथाम र नियन्त्रणको लागि समेत विशेष कार्यक्रम ल्याइने बताउनुभयो ।

शनिवार मात्रै जिल्ला प्रहरी कार्यालयले २०७७ पुस ५ गते जिल्ला अदालतबाट लागु औषध मुद्धामा दोषि ठहर भएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको उहाँले बताउनुभयो ।

प्रनाउ कुँवरले कार्यालयमा सेवाग्राही मैत्री वातावरण तयार गर्ने र प्रहरी कार्यालयमा सहज रुपमा सेवा लिने अवस्थाको सृजना गर्ने बताउँदै कसैको दबाब तथा भनसुनमा रहेर कुनैपनि घटनालाई कमजोर नबनाउने समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुले जिल्लामा प्रहरीको भूमिका, शान्ति सुरक्षाको अवस्था र प्रहरीले चाल्नुपर्ने कदमहरुको बारेमा नवआगन्तुक प्रनाउ कुँवरको ध्यानकर्षण गराएका थिए ।

You can share this post!

फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा

उद्यमी सिर्जना गर्न महिलाहरुलाई अचार बनाउने तालिम सुरु

Related posts