म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका ३ दरगाउँमा व्यवस्थित ढल निकासका लागि नाली निर्माण सुरु भएको छ । आर्थिक बर्ष २०७८÷०७९ मा गाउँपालिकाबाट विनियोजित भएको सात लाख रुपैयाँ बजेटबाट ६५ मिटर नाली निर्माण गर्न लागिएको हो ।
चैत महिना भित्रै काम सम्पन्न गर्नेगरि सुरु गरिएको नाली हाल सम्म ४० मिटर निर्माण गरिसकिएको नाली निर्माण उपभोक्ता समितिका अध्यक्ष मन कुमार बुढाले जानकारी दिनुभयो ।
बर्षाको समयमा दरको माथि भिरबाटै आउने भलका कारण गाउँका केहि घरहरु जोखिममा रहेका छन । पक्की नाली निर्माण गरेपछि भल नालीबाटै जाने र जोखिम कम हुने सचिव बुढाको भनाई छ ।
नाली निर्माणका लागि हाल गाउँकै छ जनाले काम गरिरहेका छन । ढुङगाको गारो लगाएर त्यसैमा भुई ढलान तथा प्लास्टर गरिएको छ । स्थानीयले दरखोलाबाट ढुङगा बोकेर श्रमदान गरिरहेका छन । सडक सुविधा नपुेका कारण ढुवानीमा बढि खर्च हुने उपभोक्ता समितिका सचिव लोकेन्द्र बुढाले बताउनुभयो ।
वडा नं ४ मुदिदेखि तल रहको म्याग्दीखोलाको बगरबाट बालुवा ट्याक्टरमा दरखोला सम्म लिइ त्यहाँवाट घोडामा ढुवानी गर्दै आएको बुढाले बताउनुभयो । यसरी ढुवानी गर्दा ट्याक्टरको एघार हजार र त्यही बालुवा घोडाबाट निर्माण स्थल सम्म पु¥याउँदा नौ हजार आठ सय रुपैयाँ ढुवानी खर्च तिर्नुपरेको सचिव बुढाले बताउनुभयो ।
बर्षाको समयमा बाटोमा तर्नै नसकिने गरि खोला आउछ, यसलाई व्यवस्थित गर्न नाली बनाउनै पर्ने छ, बुढाले भन्नुभयो, “गाउँपालिकाबाट निरन्तर बजेट उपलव्ध भयो भने गाउँका घरहरु सुरक्षित हुनेगरि तल सम्म व्यवस्थित नाली बनाउँछौँ” ।
घरछेउँमै पक्की नाली निर्माण हुन थालेपछि स्थानीय बुढापाकाहरुले पनि सहयोग र सुझाव सहित कामको निरिक्षण गर्ने गरेका छन । दरगाउँमा पक्की नाली निर्माणका लागि आगामी बर्षमा पनि गाउँपालिकाबाट बजेटको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभएको छ ।