एमाले रघुगंगा गाउँपालिका १ को अध्यक्षमा नरसिंह पुन चयन

म्याग्दी । नेकपा एमाले रघुगंगा गाउँपालिका वडा नं १ को अध्यक्षमा नरसिंह बहादुर पुन चयन हुनुभएको छ । आइतबार सम्पन्न प्रथम वडा अधिवेशनले पुनको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा चक्र बहादुर शेरपुन्जा, सचिवमा लोकेन्द्र गवुर्जा, उपसचिवमा मिन कुमार पुर्जा र बिर बहादुर तिलिजालाई चयन गरिएको पालिका कमिटि अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्र कटुवालले निर्बाचित वडा कमिटिलाई बधाई ज्ञापन गर्दै जनताको पिर, मर्का र भावना बुझ्ने पार्टी एमाले भएको बताउनुभयो ।

रघुगंगाको सवै वडामा उल्लेखनिय उपस्थिति सहित अधिवेशन सफल भएको भन्दै वडा नं १ वेगखोलामा पार्टीलाई मजबुत बनाउनका लागि वडा कमिटिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदी, पालिका कमिटि अध्यक्ष दिपक कार्की लगाएतको बिशेष उपस्थिति रहको थियो ।

रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेमा पनि अधिवेशन सम्पन्न भएको छ । यो संगै रघगंगा गाउँपालिकाको ८ वटै वडामा अधिवेशन सम्पन्न भएको एमाले म्याग्दीले जनाएको छ ।

You can share this post!

एमाले म्याग्दीको वडा अधिवेशन अपडेटः ३८ वडामा सम्पन्न,७ वडामा हुँदै

स्व.राम गौचनको स्मृतिमा यति लोक सांस्कृतिक साँझ २०७८ आयोजना हुने

Related posts