एमालेका सबै कमिटीमा सिलिङ तोकियो, वडादेखि प्रदेशसम्मको आधार संख्या ५०

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका कमिटीमा रहने सदस्यहरूको सिलिङ तोकेको छ । ठूला र भद्दा कमिटीहरूले गर्दा पार्टी संगठन लथालिंग भएको भन्दै विधान महाधिवेशनबाट सदस्यको सिलिङ तोकिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

अब एमालेका सबै कमिटीको आधार संख्या ५० हुनेछ । प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्रबराबर ५ जनाको दरले थपिने पौडेलले जानकारी दिनुभयो ।

उदाहरणका लागि कर्णाली प्रदेशमा आधार संख्या ५० हुनेछ भने १२ निर्वाचन क्षेत्रबाट पाँच(पाँच जनालाई थपेर ११० जनाको कमिटी बन्नेछ । जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिनेछन् । यो हिसाबले एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अब एमालेको जिल्ला कमिटी ८० सदस्यीय हुनेछन् ।

पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिनेछन् । अब त्योभन्दा बढी संख्यामा कमिटी गठन हुन नपाउने पौडेलले बताउनुभयो ।

एमालेको केन्द्रीय कमिटी २२५ सदस्यी रहनेछ । सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने व्यवस्थासमेत विधानमै राखिएको छ ।

 

You can share this post!

सामुदायिक बन उपभोक्ता महासंघको अन्तक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट र केवुलका तार नकाट्ने सहमति, समस्या समाधानका लागि बन्यो समिति

Related posts