सामुदायिक बन उपभोक्ता महासंघको अन्तक्रिया कार्यक्रम सम्पन्न

म्याग्दी । सामुदायीक बन उपभोक्ता महासंघ म्याग्दीको आयोजनामा जडिबुटि तथा गैरकाष्ठ बन पैदावारमा आधारित परम्परागत ज्ञान र प्रथाजनित अभ्यासको  प्रबर्दन सामुदायिक बनको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम आइतबार बेनीमा सम्पन्न भएको छ ।

कार्यक्रममा बाग्लुङ्ग र म्याग्दीमा पाईने जडिबुटिहरुको संकलन र बजारीकरण कसरि गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सचिव ठाकुर भण्डारीले संरक्षण क्षेत्रहरुमा प्रशासक र सरकारका अंगहरु रहँदा संरक्षण हुनुको सट्टा बहुमुल्य बस्तुहरुको चोरी निकासी भएको बताउनुभयो ।

संरक्षण क्षेत्रमा स्थानीय जनताहरु नै उपस्थित हुनुपर्ने उहाँको बिचार थियो । सामुदायिक बनको आम्दानीमा स्थानीय सरकाले कर लगाएको प्रति गुनासो गर्दै भण्डारीले आम्दानीबाट बन संरक्षण, गरिब विपन्नलाई सहयोग तथा अन्य सामाजिक सेवामा सहयोग जस्ता कार्यहरु गरिएकाले कर उठाउन नहुने धारणा राख्नुभयो ।

उहाँले स्थानीय सरकारले पनि बन कार्यालय र बन प्राबिधिकको ब्यबस्था गर्नु आबश्यक रहको बताउनुभयो । बन क्षेत्रमा लोकतन्त्र अझै नआएको भन्दै भण्डारीले संघिय सरकारले स्थानीय सरकारलाई बन सम्बन्धि कार्य गर्न कुनै अधिकार नदिएको आरोप लगाउनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य प्रेम लामिछाने, गण्डकी प्रदेश अध्यक्ष कालीदास सुबेदी, बाग्लुङ्ग जिल्ला अध्यक्ष राज थापा, बेनी नगरका अध्यक्ष मुक्ति खड्का लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम महासंघ म्याग्दीका अध्यक्ष जीबन कार्कीको अध्यक्षता, उपाध्यक्ष सुन्तली जिसीको स्वागत र सचिव तेजकुमारी पुनको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको पन्ध्रौ साधारणसभा सम्पन्न

एमालेका सबै कमिटीमा सिलिङ तोकियो, वडादेखि प्रदेशसम्मको आधार संख्या ५०

Related posts