काभा महिला भलिबलः लगातार जितको लक्ष्यसहित बंगलादेशसँग खेल्दै नेपाल

काठमाडौं । सोमबारदेखि सुरू भएको काभा महिला भलिबल च्यालेन्ज कपको प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा तुलनात्मक रूपमा कमजोर टिम बंगलादेशलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३(० को सोझो सेटमा हराएको थियो ।

आज हुने पहिलो खेलमा बिहान १० काजाकास्तान र श्रृलंकाबीच प्रतिस्पर्धा हुनेछ । भने, अर्को खेलमा भारत र किर्गिस्तान दिउसो १२स्३० बजे आमने ‍सामने हुनेछन् ।

यस्तै,साँझ ६ ३० बजे हुने खेलमा उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा नेपाल सहित ८ टिमको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् । nepalpress

You can share this post!

म्याग्दी कलाकार संघ काठमाण्डौको अध्यक्षमा लाली बुढाथोकी

विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने

Related posts