महम्मद उस्मान अलि बचाउन म्याग्दीबाट १ लाख १० हजार ६५ रुपैयाँ सहयोग

शुक्लागण्डकी नगरपालिका ५ तनहुँ निबासी महम्मद उस्मान अलिलाइ उपचारका लागी म्याग्दीमा संकलन गरिएको सहयोग रकम शुक्रबार हस्तान्तरण गरिएको छ । बर्काती युवा क्लबका अध्यक्ष मेहबुब खान, सामाजिक अभियन्ता छबि आचार्यको नेतृत्वमा बेनीमा घरदैलो गरि संकलन गरिएको ७१ हजार १ सय २५ रुपैयाँ र अन्य ब्यक्ती तथा संस्था बाट प्राप्त सहयोग ३८ हजार ९ सय ४० रुपैयाँ गरि १ लाख १० हजार ६५ रुपैयाँ अन्तराष्ट्रीय मत्री बाल अस्पताल काठमाडौं मा पुगी अलिका आमा सपना मियाँलाइ हस्तान्तरण गरिएको अभियन्ता छबि आचार्यले जानकारी दिनु भयो ।                                                                                                                             ९ महिने अलिलाइ बिश्वकै दुर्लभ तथा अत्यन्तै महंगो रोग स्पाइरल मस्कुलर एट्रोफी देखा परेको छ । औसधि र जिन थेरापी मार्फत अमेरिकामा उपचार गरिने यस रोगको पुर्ण उपचारका लागी २० करोड भन्दा बढि रकम लाग्ने भएपछि देश तथा बिदेश मा सहयोग का लागी अभियान चलाइएको छ । रकम ग्रहण गर्दै अलिका आमा सपना मियाँले आफु पिडामा हुँदा महत्वपुर्ण सहयोग गरेकोमा म्याग्दीबासि तथा अभियानमा खट्नु हुने युवाहरुलाइ आभार प्रकट गर्नु भयो ।

You can share this post!

इटालीको भिगनेला गाउँमा बनाइयो कृत्रिम सूर्य

राष्ट्रिय युवा संघ नेपाल बेनी नगर कमिटीको भेला बेनीमा शुरू

Related posts