जिल्ला अदालत र प्रशासन कार्यालय म्याग्दीको अगाडिनै म्याग्दीमा प्रधानन्यायाधीशको पुत्ला दहन गरीएको छ । प्रतिनिधसभा पुनःस्थापना र अदालत बाट नै प्रधान मन्त्री तोकीएको सर्वोच्च अदालतको सोमबारको निर्णयको विरोधमा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु म्याग्दीले प्रधानन्यायाधीश जबराको पुतला दहन गरेको हो ।
उनीहरुले म्याग्दी सदरमुकाम बेनीमा रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतको गेट अगाडि कोण सभा र प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका हुन् ।
कोण सभालाइ सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले अदालतले प्रधानमन्त्री नै ताकेर पठाएर गलत नजिर स्थापना गर्नुका साथै नेकपा एमालेको हीप उल्लंघन गर्ने सम्सदलाइ कार्वाही गर्न नपाउने भनेर गरेको निर्णयले न्यायलाइ विपक्षको संस्था बनाएको बताउनु भयो ।
त्यसै गरी अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुबास विश्वकर्माले अदालतको जनभावना विपरीतको निर्णयको विरुद्धमा चरणबद्ध रुपमा अन्दोलनका कार्यक्रमको घोषणा गरी अन्दोलन गरीने बताउनु भयो । युवासंघ नेपाल म्याग्दीका सचिव शिशिर साहीको सञ्चालन र अनेरास्ववियु म्याग्दीका अध्यक्ष विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको विरोध सभामा अनेरास्ववियु र युवा संघ म्याग्दीका सदस्यहरुको उपस्थिती रहेको थियो ।
नाराबाजी सहित जलाइएकाे पुत्लामा प्रहरीले हस्तक्षेप गरेकाे थियाे ।