अन्नपुर्ण ५ शिखका वडा अध्यक्ष दिनेश कुमार तिलिजाको निधन

म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ शिखका वडा अध्यक्ष दिनेश कुमार तिलिजाको निधन भएको छ । शुक्रावार दिउँसो तिलिजाको काँकीको पोखरा महानगरपालिका ११ फुलवारीमा आफ्नै निवासमा निधन भएको परीवारीक स्रोतले बताएको छ । स्वाथ्यमा समस्या आएपछि तिलिजा लाइ गत ६ महिना देखि उपचारका लागि पोखरा लगिएको थियो ।
नेपाली काँग्रेसबाट उमेद्धारी दिएर तिलिजा वडा अध्यक्षमा निर्वाचित भएका थिए । तिलिजाको ७० बर्षको उमेरमा निधन भएको छ । उनको अन्त्येष्टि पोखरामा शनिवार गरीने भएको छ । ६ महिना देखि प्यारालाइसिस रोग वाट पीडित तिलिजा घरमा बसेर पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दै आउनु भएको थियो । तिलिजाको एक श्रिमती, दुइ छोरी र दुई छोरा रहेका छन् ।

You can share this post!

मुस्ताङमा जारी लकडाउन खुल्यो, मुक्तीनाथ मन्दिर पौष २१ गते देखि खुल्ला गरीने

ओलि पक्षका नेता भन्छन् प्रचार युद्धको पछि नलागौं ओलिको लाल किल्ला हो म्याग्दी

Related posts