अस्पताल चोकमा बाढी

म्याग्दी सदरमुकाम बेनीको अस्पताल चोकमा लगातर परेको बर्षका कारण बाढीले वितण्डा मच्याउन चालेको छ । बर्षातको कारण अस्पतालचोक बाट जामुनाखर्क जाने सडकहुदै आएको बाढीले बितण्ड मच्याएको हो । सहजै कालिगण्डकी खोला मिसीयोस् भनेर गत बर्ष र यस आर्थिक बर्षमा निमार्ण गरीएको नाली भरीएर सडक माथि नै बाढी हिड्न थालेको छ । स्थानीय प्रहरी, र स्काभेटरको साह्यताले पानी परीरहेकै अवस्थामा समेत कुनै अप्रिय घटना नघटोस् भनेर आफुहरुले बाढी पन्छ्याउन खोजेपनि लगातर पानि परिरहेकै कारण कालिपुल क्षेत्र डुवानमा पर्न बाट जोगाउन कठीन भएको बेनी नगरपालिका ८ का वडा अध्यक्ष रामकृष्ण बराईलिले बताउनु भयो ।

You can share this post!

राष्ट्रिय युवा संघले कोरोना नियन्त्रण गर्न देशव्यापी रुपमा स्वएमसेवक परिचालन गर्ने

सदरमुकाम बेनी आउने सबै सडक सञ्जाल अबरुद्ध

Related posts