बेनीमा योग दिबस मनाइयो

बेनी, १ माघ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ । केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने बताउनुभयो । “नेपाली समाजको परम्परा, रितिरिवाज र रहनसँग पनि योगको सम्बन्ध छ,” उहाँले भन्नुभयो “पछिल्लो समय योगप्रतिको सकारात्मक बुझाई र आकर्षणसँगै राज्यले पनि योगलाई प्राथमिकता दिएको छ ।”

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले योग सम्बन्धी ज्ञान घरघर र ब्यक्तिब्यक्ति सम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । योगको प्रर्वद्धन गर्न सकेमा अस्वस्थकर खानपान र ब्यवहारका कारण हुने नसर्ने रोगको समस्या न्युनीकरण गर्न सकिने नगरप्रमुख श्रेष्ठको भनाई थियो ।योग प्रशिक्षक तथा नबिन आनन्द योग केन्द्रका सुरेन्द्रराज शर्माले बेनीमा योगप्रति आकर्षण भएपनि सामुहिक योग प्रशिक्षण सञ्चालन गर्ने ठाउँको अभाव भएको बताउनुभयो । कार्यक्रममा योग अभ्यासको नमुना पनि प्रर्दशनी गरिएको थियो ।

जिल्ला आयुर्वेद केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष जिबनबहादुर बिश्वकर्माको अध्यक्षता, कबिराज दामोदर शर्माको सञ्चालन र निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कोरोनाको जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर दिवस मनाइएको थियो ।

You can share this post!

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयोजकमा शिशिर शाही चयन

बागलुङमा नर्सिङ सेवासहितको वृद्धाश्रम

Related posts