युवा तथा खेलकुद मन्त्रालयकाे राष्ट्रिय युवा परिषद् अन्तर्गतकाे गण्डकी प्रदेशकाे युवा संजालकाे अध्यक्षमा म्याग्दीका महेश पाैडेल निर्वाचित हुनु भएकाे छ । समितीकाे उपाध्यक्षमा माैसम तिमिल्सिना, सचिवमा शाेनु घिमिरे, सह–सचिवमा अभिषेक बराल र काेषाध्यक्षमा समीर पाेखरेल सहित ११ सदस्यीय संजालकाे गठन गरीएकाे हाे । गत २२ गते देखि २६ गते सम्पन्न वेबिनार मार्फत प्रदेश भित्रका युवाहरूले पाैडेलकाे अध्यक्षतामा संजालकाे गठन गरेका हुन् । राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी अध्यक्ष माधव ढुङ्गेलकाे अध्यक्षता र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलकाे उद्घाटनमा सम्पन्न भएकाे साे कार्यक्रममा गण्डकी प्रदेश भित्रका ११ वटै जिल्लाका युवाहरूकाे प्रतिनिधित्व रहेकाे थियाे ।