म्याग्दीका १४ विरामी लाइ गण्डकी प्रदेश सरकारको १० लाख ५० हजार आर्थिक सहयोग

म्याग्दी जिल्लामा विभिन्न रोगले ग्रसित विरामीहरुको उपचारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गरेको छ । विरामीहरुको माग लाई सम्बोधन गर्दै प्रदेश सरकारको समाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा म्याग्दी जिल्लाका १४ विरामीहरुलाइ दश लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको गण्डकी प्रदेश सरकारको पुनका स्वकीय सचिव प्रकाश पौडेलले बताउनु भयो ।
स्तन क्यान्सर भएर उपचार गराई रहेका जिल्लाका पिडीत महिलाहरु रघुगंगा गाउँपालिका २ भगवतीकी कुमारी मल्ल थापा सोही ठेगाना रहेकी एककुमारी कटुवाल क्षेत्री, बेनी नगरपालिका ९ कि खिम कुमारी चोखाल र सोही ठेगाना भएकी शान्ती पौडेल लाई प्रदेश सरकार मार्फत जनही एक÷एक लाख रुपैयाँ उपलब्ध भएको छ ।
त्यसैगरी बेनपा ५ पुलाचौरका ब्लड क्यान्सर पिडीत सम्राट शाही १ लाइ लाख, धौवलागीरी गाउँपालिका ४, ५ र ७ का मृगौला पिडीतहरु क्रमशः बमबहादुर पुन, हिरामनी छन्त्याल र अन्जना हर्मेल र मालिका गाउँपालिका ३ की मृगौला पिडीत जैमला पुन लाइ जनही ७० हजार रुपैयाँका दरले सहयोग रकम उपलब्ध भएको स्वकीय सचिव पौडेलले बताउनु भयो ।
प्रदेश सरकार मार्फत नै रघुगंगा गाउँपालिका ८ की आँखाको समस्या भएकी कालिमाया बिक लाइ ४० हजार, मङ्गला गाउँपालिका ५ का टाउकोमा समस्या भएर उपचार रहेका भक्त बहादुर मगर लाइ ७० हजार, बेनी नगरपालिका ५ का मृगौला पिडीत डेकनाथ शर्मा लाइ ७० हजार, फोक्सोमा समस्या भएका कारण उपचार गराई रहेका मालिका गाउँपालिका ४ का समबहादु बिक लाइ ५० हजार र मङगला गाउँ पालिकाकी बोनम्यारो पिडीत नन्द कुमारी गिरि लाइ ४० हजार गरी दश लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध भएको हो । गण्डकी प्रदेश सरकार मार्फत प्रदेश भित्र आर्थिक अभावका कारण उपचारमा समस्या आउका प्रदेश बासीहरुलाइ सहयोग उपलब्ध हुँदै आएको छ । उक्त रकम सिधै विरामीहरुको बैङ्क खातामा जम्मा हुने प्रदेश सरकारले जनाएको छ । यस भन्दा अगाडि पनि म्याग्दी जिल्लाका ११ जना विभिन्न रोगका विरामीहरुले प्रदेश सरकार मार्फत आर्थिक सहयोग रकम प्राप्त गरेका थिए ।

You can share this post!

म्याग्दीमा मापडण्ड पालना नगरेका प्रहरी नियन्त्रणमा

आएन प्रयोगमा लाखौं खर्चेर घाटमाथी बनेको हेलिप्याड सरकारी रकम बालुवामा पानी बराबर

Related posts