सोमबारका परीक्षा सञ्चालन भए

त्रिभुवन विश्वविद्यालयले सोमबारका लागि तय भएको परीक्षा सञ्चालन भएको जानकारी दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठकले मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेकाले सबै परीक्षा भोलिदेखि नै स्थगित गर्न सरकारसँग सिफारिस गर्ने निर्णय लिए पनि त्रिविले सोमबारका लागि तय भएका परीक्षा जारी रहेको जनाएको हो । स्नातक दोस्रो वर्षको परीक्षा चलिरहेको छ । भोलिका लागि तय भएको परीक्षा थयावत छ । बिहान ७ बजेदेखि नै परीक्षा भएकाले हाल परिक्षा सञ्चालन भै रहेको छ ।
कोरोना संक्रमणलाई ध्यानमा राखेर दिनमा दुई सिफ्टमा परीक्षा त्रिविले परिक्षा सञ्चालन गरिरहेको छ। सीसीएमसीले सिफारिस गरेको समाचार आएपछि त्रिविका पदाधिकारीबीच सल्लाह गरेर नै सोमबारको परीक्षा यथावत रूपमा सञ्चालन गर्ने निर्णय लिइएको थियो । ुसीसीएमसीबाट हामीलाई कुनै जानकारी आएको छैन । परीक्षा स्थगित गर्न सिफारिस गर्‍यो भन्ने बित्तिकै हामी अलर्ट भयौं । परीक्षा बोर्डका अध्यक्ष, रजिष्टार र परीक्षा नियन्त्रकबीच छलफलपछि सोमबारको परीक्षा यथावत रूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।
लगातार भएमा स्नातक दोस्रो वर्षको परीक्षा वैशाख १७ गते सकिन्छ ।

You can share this post!

बाँकेमा २४ घण्टामा ७ कोरोना सङ्क्रमितको मृत्यु

९० प्रतिशत चिकित्सक संक्रमित भएपछि अस्पताल बन्द

Related posts