म्याग्दीमा मापडण्ड पालना नगरेका प्रहरी नियन्त्रणमा

संक्रमण दर बढी रहेको बेलामा म्याग्दी जिल्लामा मापडण्ड पालना नगर्नेलाइ प्रहरीले नियन्त्रण लिन थालेको छ । गण्डकी प्रदेश भित्र काँस्की पछिको पहिलो संक्रमण दर उच्च हुने जिल्लाको रुपमा म्याग्दी जिल्ला भए पछि आइतवार देखि जिल्ला प्रहरी कार्यालय म्याग्दी प्रमुख (प्रनाउ) श्याम कुमार राइको नेतृत्वमा मापडण्ड पालना नगर्ने लाइ प्रहरीले नियन्त्रण लिन थालेको हो ।


प्रहरी प्रशासन र सामुदाय मिलेर सचेतना मुलक कार्यक्रम सञ्चालन गरे पनि स्थानीयहरुले मापडण्डको पालना नगरे पछि बाध्य भएर मापडण्ड पालना नगर्नेलाइ नियन्त्रणमा लिनु परेको प्रनाउ राईले बताउनु भयो । अहिले मापडण्ड पालना नगर्ने, माक्स नलगाउने लाइ संक्रमण ऐन अनुसार १ सय रुपैयाँ जरीमाना गरी छाडेको उहाँले बताउनु भयो ।

माक्स गोजीमा बोक्ने र पनि माक्स नलागाउने मानिसहरु लाइ पनि हामीले कार्वाही गरेका छौं उहाँले भन्नुभयो । त्यसैगरी अभियानमा कै क्रममा प्रहरीले माक्स किन्न पैसा समेत नभएका हरुको सुरक्षाका लागि माक्स वितरण गरीरहेको पनि गरीरहेको छ ।

You can share this post!

‘हाननीय’ देखि ‘माननीय’ सम्म: मनाङे

म्याग्दीका १४ विरामी लाइ गण्डकी प्रदेश सरकारको १० लाख ५० हजार आर्थिक सहयोग

Related posts