म्याग्देली चेलि अरुणाले जितिन् ‘पिपल्स च्वाइस अवार्ड’

राष्ट्रिय महिला भलिबल टिमका क्याप्टेन तथा म्याग्दीकी चेलि अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड’ जितेकी छिन् । नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत ‘पिपल्स च्वाइस विधा’मा शाहीले पुरस्कार जितेकी हुन् ।
रघुगङ्गा–३, पिप्ले स्थायी घर भई महिला भलिबलको राष्ट्रिय टोली प्रमुख बन्न सफल अरुणालाई जिताउन गृहजिल्ला म्याग्दीमा ‘अरुणा जिताऔं अभियान’ सञ्चालन गरिएको थियो ।
फाइनलमा पुगेका ५ जनामध्ये सबैभन्दा धेरै मत प्राप्त गर्दै शाहीले यो उपाधि जितेको म्याग्दी भलिबल संघका उपाध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिएका छन् ।
‘यो जीत अरुणा बहिनीको मात्रै होइन, म्याग्दी र समग्र खेलकूद क्षेत्रको जीत हो,” बानियाँले भने, “अरुणालाई पुरस्कार दिलाउने म्याग्दी भलिबल संघको अभियानले पनि सार्थकता पाएको छ ।” अवार्ड विजेता शाहीलाई पल्सर मोटरसाइकललगायतका पुरस्कार प्रदान गरिएको बानियाँले बताए ।
पुरस्कार ग्रहण गर्दै राष्ट्रिय महिला भलिबलका टिम क्याप्टेन शाहीले आममतदाता, पोखरास्थित ज्ञानुबाबा स्कुल, जिल्ला भलिबल संघ म्याग्दी, म्याग्दीबासी र सबै खेलप्रेमीप्रति आभार व्यक्त गरेकी छिन् ।
यसअघि पुरस्कारका लागि आवश्यक मत माग्नेक्रममा शाही गृहजिल्ला म्याग्दी आएकी थिइन् । उनलाई खासगरी सदरमुकाम बेनीस्थित सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र खेलप्रेमीहरुले मतदान गरेका थिए ।
शाहीको क्याप्टेनसिपमा नेपालले साग गेममा महिला भलिबलतर्फ रजतपदक प्राप्त गर्न सफल भएको थियो ।

You can share this post!

माउण्ट एभरेष्टमा बुद्धिबिम्ब विमोचन तथा खुल्ला गजलवाचन प्रतियोगिता

धामीले झारफुकका नाममा आगोले पोल्दा एकको मृत्यु, दुई घाइते

Related posts