काठमाडौँमा धवलागिरी संगीत उत्सव हुनेः तयारी अन्तिम चरणमा

काठमाडौँमा रहेका साविक धवलागिरी अञ्चल भित्रका कलाकारहरु आवद्ध संस्था धवलागिरी सांस्कृतिक समितिले धवलागिरी संगीत उत्सव आयोजना गर्ने भएको छ ।

“श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन” भन्ने मुलनारा सहित समितिको आयोजनामा यहि भदौ २५ गते काठमाडौंको नयाँ बसपार्क स्थित बीजी ब्यांक्वेटमा “धौलागिरी संगीत उत्सव एवम् स्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गर्न लागिएको हो ।

विभिन्न बिधामा योगदान पु¥याएको ब्यक्तित्वहरूलाई सम्मान समेत गरिनेछ भने धौलागिरीका मौलिक लोक संस्कृती पनी प्रस्तुत गरिने भएको छ ।

बागलुङको नचरी, म्याग्दीको यानिमाया, पर्बत पाङको शिव पार्बती भजन र मुस्ताङको काली नाच सँगै थालीनाच, सालैजो, नौमती बाजा लगायतका मौलिक लोक संस्कृतिलाई कार्यक्रमको मुख्य आकर्षणको रुपमा राखिएको समितिका अध्यक्ष कृष्णसमिप सुवेदीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा गीत संगीतको माध्यमबाट धौलागिरीलाई देश तथा बिदेशमा चिनाउन सफल कलाकार बिमलराज क्षेत्री, बिष्णु खत्री, कुलेन्द्र बिश्वकर्मा, प्रकाश सपूत, देवी घर्ती, जुना शिरीष मगर, श्रीकृष्ण बम मल्ल लगायतका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ ।

धवलागिरी राष्ट्रिय सम्मान, धवलागिरी युवा सम्मान, धवलागिरी साधना सम्मान, धवलागिरी बिशेष सम्मान, धवलागिरी साहित्य सम्मान, धवलागिरी खेलकुद सम्मान, धवलागिरी पत्रकारिता सम्मान, धवलागिरी सामाजिक सम्मान लगायत अन्य बिधामा नगद राशी सहित सम्मान गर्ने कार्यक्रम तय गरिएको समितिका महासचिव सुजन बराईलीले बताउनुभयो ।

धवलागिरी संगीत उत्सवमा हाल काठमाडौँमा बसोवास गर्ने साविक धवलागिरीका म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङ जिल्लाका विशिष्ट ब्यक्ति लगायत गीत संगीत र हरेक क्षेत्रमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहने छ । शनिवार हुने कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पु¥याईएको समितिले जनाएको छ ।

 

You can share this post!

हेमन्त कान्छाको सारङ्गी बेलायतमा गुञ्जीदै

कृषि र भेटेरीनरीको चालु आवमा स्वीकृत कार्यक्रम सार्वजनिक

Related posts