मुस्ताङले लकडाउन नखोले आवतजावतमा रोक लगाउने म्याग्दीका पर्यटन व्यवसायीको चेतावनी

विश्व भरी माहामारीको रुप ल्याएको कोरोना भाइरसका कारण गत चैत्र महिना देखि यता मुस्ताङ जिल्लामा लकडाउन छ । पछिल्लो समय मुलुकका अन्य सहरहरुमा लकडाउन खुले पनि मुस्ताङमा भने लकडाउन कायमै रहेको म्याग्दीका पर्यटन व्यवसायिहरुले बताएका छन् ।
मुस्ताङमा भएको लकडाउनको कारण मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ्ग र कास्कीमा सञ्चालनमा रहेका पर्यटन व्यवसायीहरु धरापमा परेको भन्दै होटल व्यवसायी संघ म्याग्दीले आइतवार जिल्ला प्रसाशन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी समक्ष मुस्ताङ बासीले लकडाउन खोल्नका लागि रचनात्म भुमिका निर्वाह गर्न ज्ञापन पत्र बुझाएको छ । कोरोना कहर देखाउँदै मुस्ताङमा लकडान जारी राखेपनि त्यहाँका बासीहरु भने अन्य जिल्लामा निर्बाध रुपमा जाने आउने गरेको तर अन्य जिल्ला तथा मुलुक बाट आउने आन्तरीक तथा बाह्य पर्यटकहरु लाइ भने घाँसा देखि नै फिर्ता पठाउने गरेकाले पर्यटक हरुले दुख पाउनका साथै पर्यटन व्यवसायमा समेत गलत नजिर परेको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) ले बताउनु भयो ।


उहाँले मुस्ताङ बासीहरु कित जिल्ला भित्र नै आइसुलेट हुनु पर्याे होइन भने अन्य ठाउँबाट आएका पर्यटकलाइ दुख दिने कार्य गर्न नहुने बताउनु भयो । उहाँले मुस्ताङमा रहेका मुखिया हरुका कारण लक डाउन भएको बताउँदै मुखियाहरुले गलत नजिर स्थापित गरेको बताउनु भयो । लकडाउन खुल्ला भए हुन्छ नत्र म्याग्दी सँगै अन्य जिल्लाका विषयगत संघ सबै सँग सहकार्य गरेर मुस्ताङबासीलाई आवतजावतमा रोकलागउन बाध्य हुनेछौं आचार्यले भन्नुभयो ।
मुस्ताङमा भएको लकडाउनका कारण म्याग्दी जिल्लाको सदरमुका बेनी बजारका साथै गलेश्वर, तातोपानि, पोखरेबगर दाना लगाएतका स्थानमा खोलिएका होटल व्यवसायी सँगै प्रर्यटन व्यवसायी धरापमा परेको आचार्यले बताउनु भयो ।

You can share this post!

उवासंघ म्याग्दीका अध्यक्ष कर्माचार्य प्रदेश सदस्य निर्वाचित

वडामै पुगेर योजना सम्झौता गर्दै धवलागिरि गाउँपालिका

Related posts