उवासंघ म्याग्दीका अध्यक्ष कर्माचार्य प्रदेश सदस्य निर्वाचित

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा कर्माचार्यलाई जिल्ला तथा नगरतर्फको प्रदेश सदस्य पदमा निर्वाचित गरिएको हो ।
निर्वाचन अघि कर्माचार्यलाई म्याग्दी उद्योग वाणिज्य संघले कोषाध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । तर, नयाँ समिति चयन गर्दा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने क्रममा सदस्य पदमा सहमति जुटेको बताइएको छ .

You can share this post!

जिउँदो इतिहास घलानको गएराति निधन

मुस्ताङले लकडाउन नखोले आवतजावतमा रोक लगाउने म्याग्दीका पर्यटन व्यवसायीको चेतावनी

Related posts