एनआरएनए अध्यक्ष रविना थापा सम्मानित

पोखरा । गैरआवासीय नेपालीहरुको साझा संस्था एनआरएनएको अध्यक्ष रविना थापा सम्मानित हुनु भएको छ । शुक्रबार पोखरामा आयोजित एनआरएनएद्वारा निर्मीत सार्वजनिक शौचालयको उद्घाटनको अवसरमा थापालाई पोखरा महानगरपालिकाले सम्मान गरेको हो । एनआरएनएको अध्यक्ष हुदाँ निस्वार्थ भावनाले मानव सेवाको कार्य गरेको, गैरआवासिय नेपालीहरुको क्षेत्रमा उल्लेखनीय कामहरु गरेको र नेपाल संग गैरआवसीय नेपालीहरुलाई जोड्न सकेको भन्दै थापालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मानपत्र र खादाले सम्मान गर्नु भएको थियो ।


एनआरएनको अध्यक्षहुदाँ थापाले पोखराको महेन्द्रपुलमा शार्वजनिक शौचालय सहित एनआरएनए पार्क निमार्ण गर्नका लागि पोखरा महानगरपालिका संग सम्झौता गर्नु भएको थियो । २०७९ पौष ३ गते एनआरएनएको कार्यकारी अध्यक्षमा थापा हुँदा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य संग महेन्द्रपुलमा शौचालय निमार्ण गर्ने सम्झौता गर्नुभएको थियो भने गत चैत्र २७ गते शिलान्यास गरीएको थियो । शिलान्यास भएको ६ महिना भित्रमा शौचालय निमार्ण सम्पन्न भएको र शौचालय सहित पार्क निर्माण गर्नका लागि एनआरएनको तर्फ देखि ८० लाख रुपैयाँ पोखरा महानगरपालिकालाई सहायोग प्राप्त भएको थियो । नव निर्मीत उक्त शौचालयमा महिला र पुरुषले प्रयोग गर्ने छुट्टा छुट्टै सुविधा सम्पन्न कोठाहरु छन् । त्यसैगरी अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्न मिल्ने अपांगतामैत्रि शौचालय कक्ष समेत छुट्टै व्यवस्थापन गरीएको छ । शौचालय भित्रै स्थानपान कक्ष, आवश्यक विद्युतका सामाग्री राख्नका लागि छुट्टै स्टोर कक्ष र टि सपका लागि समेत कोठा निर्माण गरीएको छ । त्यसैगरी शौचालय वरीपरीको खुल्ला भुभागमा एनआरएनए पार्क समेत निमार्ण गरीने भएको छ । शौचालय बाहेकका वायोज्ञाश पलान सहित पार्क निमार्णको कार्य केही दिन भित्रै सम्पन्न हुने महानगरपालिकाले जनाएको छ ।


सम्मानित थापा कार्तिक २ गते हुने एनआरएनएको ११ औं महाधिवेशनमा पुुनः अध्यक्षको उम्मेदवार हुनुहुन्छ । उहाँले १० औं महाधिवेशनमा ३ जना अध्यक्ष चुनिएकाले आफुले उठाएको एनआरएनएको मुद्दा स्थापीत गर्न नसकेकाले पुन अध्यक्षको उम्मेदवार बन्नुपरेको बताउनु भएको छ । पदका लागि भन्दा पनि काम गर्नका लागि आफ्नो उम्मेदवारी रहेको थापा बताउनु हुन्छ । ६ महिना कार्यकारी अध्यक्ष रहादाँ थापाले, ब्डल बस, स्वाथ्य शिविर सहित नेपालमा नेपाली उत्पादनको ब्राण्डीङ्गका लागि उल्लेखनिय कार्य गर्नु भएको थियो । त्यसका साथै उहाँले गैरआवासीयहरुको नागरीकता लगाएतको सवाजलमा आवाज उठाउनु भएको थियो ।

आर्थिक पार्दशिता सहित निस्वार्थ भावनाले काम गर्न रुचाउने थापा गैरआवासीय नेपालीमाझ लोकप्रिय हुनुहुन्छ । अग्रजलाई सम्मान गर्दै युवालाई प्रोत्साहन गर्ने थापाको स्वाभाव र सबैलाई मिलाएर लैजान सक्ने क्षमताको कारण थापा पुनः अध्यक्षमा निर्वाचित हुने निश्चित जस्तै देखिएको छ ।

You can share this post!

मोना अन्तराष्ट्रियको पाँचौं महाधिवेशन बेनीमा सुरु

मोना अन्तराष्ट्रियको अध्यक्षमा ददिवल खड्का निर्वाचित (फोटो फिचर)

Related posts