कसैको मत घटाएर कसैलाई जिताउने गोटी बन्न सकेनौँः अध्यक्ष विश्वकर्मा

म्याग्दी । नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी म्याग्दीका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले आसन्न स्थानीय तहको निर्वाचनमा कसैको मत घटाइदिएर कसैलाई जिताईदिने गोटी वन्न उपयुक्त नठानेर पाँच दलिय गठवन्धनबाट अलग भएको बताउनुभएको छ ।

शनिबार सामाजिक सञ्जाल मार्फत विज्ञप्ती सार्वजनिक गर्दै उहाँले जिल्लामा गठबन्धन प्रति ईमान्दारिता नदेखिएको, मापदण्ड र आधारहरुहरुलाई मिचेर आफुअनुकुल व्याख्या र निर्णय गर्न खोजेकाले आफुहरुलाई त्यो असह््य भएको धारणा व्यक्त गर्नुभएको छ ।

बैशाख ११ र १२ गते दिईएको उम्मेदवारी माथि १४ गते दावि विरोध र १६ गते मनोनयन फिर्ता लिन सक्ने निर्वाचन अधिकृतको कार्यालयको तालिका अनुसार शुक्रबार समाजवादी पार्टीबाट बेनी नगरपालिकाको मेयरका उम्मेदवार विश्वकर्मा र उपमेयरका उम्मेदवार मुना कुमारी बानियाँले उम्मेदवारी फिर्ता लिनुभएको थियो । उहाँहरु संगै जिल्ला भरबाट १९ जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । भने पार्टीबाट धवलागिरी गाउँपालिकाको अध्यक्ष, वडा नम्वर ५ को अध्यक्ष र बेनी नगरपालिका वडा नम्वर २ मा सदस्य पदका उम्मेदवारहरुले भने मनोनयन फिर्ता गरका छैनन ।

देशको अप्ठ्यारो परिस्थितिमा बनेको गठवन्धन हाल मर्म र भावना अनुकुल नभई कस्ले कस्लाई प्रयोग मात्रै गर्ने भन्नेमा अल्झिदा फाटो आएको उहाँको भनाई छ । गठवन्धनमा जिल्लामा दुई काँग्रेस र माओवादी निजी लेनदेनमा केन्द्रित भई आफ्नो पार्टीलाई अपमान गरेको विश्वकर्माले बताउनुभयो । जिल्लाको हकमा एकिकृत समाजवादी पार्टी अव पाँच दलिय गठवन्धमा नरहेको पनि उहाँले घोषणा गर्नुभएको छ ।

थोरै प्राप्त गर्दा धेरै ठाउँमा योगदान गर्न सकिने अवस्थालाई गठवन्धनले नवुझेको प्रति आक्रोस व्यक्त गर्दै विश्वकर्माले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विवेकपूर्ण निर्णय सहित मतदान गर्न खुल्ला गरिएको बताउनुभएको छ । स्थानीय निर्वाचनमा जनताले आफ्नो नेता छान्न पाउने भएकाले पनि योग्यता, दक्षता र क्षमता भएका नेता छानेर मतदान गर्नका लागि आव्हान समेत गर्नुभएको छ ।

धेरै आक्रोस, थोरै हिनतावोध र गहिरो आत्मसमिक्षा सहित गठवन्धनको घेराबाट पूर्ण रुपमा बाहिरिएको समाजवादीले जनताको विश्वासलाई गुम्न नदिई संगठनलाई बलियो बनाउँदै जाने योजना बनाएको छ । मंगला गाउँपालिकाका अध्यक्षका उम्मेदवार रुद्र किसान र उपाध्यक्षका उम्मेदवार कल्पना सापकोटाले पनि मनोनयन फिर्ता लिनुभएको छ ।

मंगला ३ का वडा अध्यक्षका उम्मेदवार मदन सापकोटा, बेनी नगरपालिका वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार चन्द्र बहादुर पाईजा, बेनपा ९ का अध्यक्षका उम्मेदवार सुनिल सार्की र वडा नं १० का अध्यक्षका उम्मेदवार मुक्ति पाईजाले पनि मनोनयन फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

You can share this post!

बेनीमा सञ्चालित निःशुल्क मुटुरोग शिविरबाट १५ सयबढी बिरामीहरु लाभान्वित

मंगलामा एमालेका उम्मेदवार जनताको घरघरमाः योजना सुनाउँदै र भोट माग्दै

Related posts