अनेमसंघ म्याग्दीद्वारा मंगलाका पहिरो पीडितलाई राहत वितरण

म्याग्दी । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले सोमबार पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ । जिल्लाको मंगला गाउँपालिकाको विभिन्न वडामा वर्षात्को समयमा आएको पहिरोबाट पीडित बनेकाहरुलाई अनेमसंघले नगद र जिन्सी सहयोग गरेको हो ।

‘विपतमा अनेमसंघ’ भन्ने अभियान सञ्चालन गरी सो अभियानबाट सङ्कलित रकम मंगला गाउँपालिकाका पहिरो पीडितहरुलाई राहतस्वरुप वितरण गरिएको अनेमसंघ म्याग्दीले जनाएको छ । राहत पाउनेहरुमा मंगला गाउँपालिका–१, पूर्णगाउँ, खानीगाउँ, २ नम्बर वडा बाबियाचौरको हिदी र ३ नम्बर वडा बरंजाको घामटाङका चारजना पहिरो पीडितहरुलाई नगदसहित चामललगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको छ ।

पहिरो पीडितहरुलाई अनेमसंघ जिल्ला कमिटी म्याग्दीबाट १८ हजार सातसय ३०, अनेमसंघ मंगला गाउँपालिका कमिटीबाट सातहजार दुईसय र अनेमसंघ म्याग्दीका अध्यक्ष यशुदा रोकाले व्यक्तिगत दुईहजार रुपैयाँसहित कुल २७ हजार नौसय ३० रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान सहयोग गरिएको अनेमसंघ म्याग्दीका अध्यक्ष रोकाले जानकारी दिनुभयो । वर्षायामको समयमा अविरल वर्षासँगै आएको पहिरोले पीडित बनेका स्थानीयको घाउमा थोरै भए पनि मलम लगाउने उद्देश्यले नगद र जिन्सी सहयोग गरिएको जनाइएको छ ।

जिल्ला अध्यक्ष रोकासहित अनेमसंघ गण्डकी प्रदेश कमिटी सदस्य एवं जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, अनेमसंघ जिल्ला सदस्य एवं मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, जिल्ला सदस्यद्वय लक्ष्मी बुढाथोकी, तेजिमाया विक र कुहुँका वडा अध्यक्ष एकजित रोकाले पहिरो पीडितलाई राहत रकम वितरण गर्नुभएको थियो । अनेमसंघले यसअघि अन्नपूर्णको दानास्थित सुवा गाउँका पहिरो पीडितहरुलाई पनि राहत वितरण गरेको थियो ।

You can share this post!

बेनी नगरले भत्काउन थाल्यो अतिक्रमित तथा अव्यवस्थित संरचना

मल्लको सहयोगमा मौवाफाँटका जेष्ठनागरीक र अगुवाले गरे मुक्तिनाथको दर्शन

Related posts