बरंजा भूपू विद्यार्थी क्लवद्वारा ऐतिहासिक स्थल चिनाकोट सरसफाई

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –३ बरंजामा अवस्थित बरंजा भुतपूर्व विद्यार्थी क्लवले ऐतिहासिक स्थल चिनाकोट दरवारक्षेत्र सरसफाई गरेको छ । क्लवका अध्यक्ष प्रकाश सापकोटाको नेतृत्वमा क्लवका पदाधिकारी तथा सदस्यहरुले चिनाकोट वरपर फालेका फोहोर संकलन तथा दरबाको भग्नावशेष रहेको क्षेत्रमा पुग्ने पदमार्गमा झाडि सफाई गरेका हुन ।

ऐतिहासिक महत्वको पर्यटकीय स्थल चिनाकोटको पर्यटन प्रवर्धनका लागी प्रचार प्रसारमा सघाउने उद्देश्यले त्यहाँ पुगेका पर्यटकले फालेका प्लास्टिक जन्य फोहोर ब्यबस्थापन गर्न सरसफाई कार्यक्रम गरिएको क्लवका सचिव गंगा बहादुर खत्री गणेशले बताउनुभयो ।

पछिल्लो समयमा होमस्टे र सुर्योदय अनि हिमाली दृश्य हेर्न धेरैको रोजाइको क्षेत्र बनेको झाक्रिपानीबाट ४५ मिनेटमा चिनाकोट पुग्न सकिन्छ भने बरंजाको आर्भाङ र खानीगाउँ हुदै चिनाकोट सजिलै पुग्न सकिन्छ । बरंजाको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोटलाई सफा राख्न भूपू विद्यार्थी क्वलले पहल थालेको कल्वका अध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो ।

पछिल्लो समय मंगला गाउँपालिकाले चिनाकोटमा रेलिङ सहितको आकर्षक पदमार्ग निर्माण गरेको छ । खानोपानीको व्यवस्थाप लगायतको पर्यटन पूर्वाधार निर्माणमा गाउँपालिकाले चासो दिएपछि चिनाकोट दरवार आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ ।

बाइसे–चौबिसे राज्यका पालामा राजा बसेको सो क्षेत्रमा दरबार र किलाको भग्नावशेष समेत देख्न सकिन्छ । सो क्षेत्रमा अवलोकन गर्दा रानीले कपाल कोर्ने ढुङ्गो निकै प्रख्यात छ । अहिले सो क्षेत्रमा बरंजाको खानिगाउँ नजिकैबाट पदमार्ग र झाक्रीपानिबाट समेत पैदल मार्ग बनेकोले पर्यटकहरुलाई सहज भएको छ । सरसफाई कार्यक्रममा क्लवका पदाधिकारी, सदस्यहरु र महेन्द्ररत्न माविका पुर्व बिद्यार्थीहरु सहभागी भएका थिए ।

You can share this post!

बेनीमा मोडल अफ म्याग्दी र लिटिल मोडल अफ म्याग्दी संचालन हुने

द मुनसन युवा क्लवको अध्यक्षमा दिनेश बानियाँ चयन

Related posts