सजनाले भेटाएको १ तोलाको सुनको सिक्री सागरलाई बुझाईन

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवति निवासी सजना केसीले बेनी नगरपालिका –८ स्थित गणेश मन्दिर नजिक सडकमा भेटाउनुभएको एक तोलाको सुनको सिक्री सम्वन्धीत व्यक्तिलाई बुझाउनुभएको छ ।

केसीले सोमवार विहान करिव ६ बजे तिर अध्ययनका लागि क्याम्पस जाने क्रममा सडकमा भेटाउनुभएको सो सिक्री पर्वतको जलजला गाउँपालिका – २ मल्लाज निवासी सागर अधिकारीलाई बुझाउनुभएको हो ।

विहान सवेरै सिक्री भेटाएपछि केसीले सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्नुका साथै जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई समेत खवर गर्नुभएको थियो ।

सिक्री भेटाइएको जानकारी पाएलगत्तै अधिकारीले प्रहरी कार्यालयमा सम्पर्क गरेपछि प्रहरीकै रोहवरमा केसीले सिक्री बुझाउनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

केसीले आफुले भेटाएको सुनको सिक्री सम्वन्धीत व्यक्तिलाई बुझाएर उदाहरणीय र मानवीय कार्य गर्नुभएको छ । भेटाएको सामान भाग्यले जुराएको भन्दै सकेसम्म सार्वजनिक नगरि आफै राख्ने हाम्रो समाजमा केसीले इमान्दारिता प्रस्तुत गरि समाजका अरु व्यक्तिलाई समेत पाठ सिकाउनुभएको छ ।

बेनी नगरपालिका अन्तरर्गतको हिंसा प्रभावितका लागि आपतकालिन सेवा केन्द्रकी प्रमुख समेत रहनुभएकी केसीले सामान हराएको व्यक्तिलाई पर्ने पीडाको महशुस गरि भेटाएको सामान बुझाएको बताउनुभयो । हराएको आफ्नो सिक्री बुझ्दै अधिकारीले केसीको ईमान्दारिताको कदर गर्दै आभार प्रकट गर्नुभएको छ ।

You can share this post!

एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा हरिकृष्ण श्रेष्ठ सिफारिस

प्रवासी नेपाली मञ्च मकाउको दोस्रो अधिवेशन सम्पन्न

Related posts