संविधान दिवशको अवसर पारेर २८९ कैदीबन्दीको कैद मिनाहा

संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनहा गर्नु भएको छ । मन्त्रिपरिषदको सिफारिमा
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद मिनाहा गर्नु भएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदीको कैद भुक्तान हुन बाँकी कैद मिनाहा गर्नु भएको हो । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही ४ असोजदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिमानासमेत माफी गरेको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

You can share this post!

बेनी नगरपालिकाको स्वास्थ्य संस्थाका कार्यक्रमहरुको वार्षिक समीक्षा सकियो

एउटा इन्जिन र चार बोगीसहितको रेल शुक्रबार जनपुर आइपुग्यो ( फाेटाे फिचर )

Related posts