जेसिजद्वारा रजत जयन्तीको अवसरमा लोक नृत्य प्रगियोगिता

म्याग्दी । म्याग्दी जेसिजले रजत जयन्तीको अवसरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी जेठ १५ गते १९ औँ स्करणको जिल्ला स्तरीय अन्तरमावि लोक नृत्य प्रतियोगिता संचालन गर्ने निर्णय गरेको म्याग्दी जेसिजका शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय लोक नृत्यमा प्रथम हुने विद्यालले नगद १२००० रनिङ शिल्ड, द्धितिय हुने विद्यालयले ७०००, तृतिय हुने विद्यालयले ४००० नगद, रनिङ शिल्ड ट्रफि, मेडल र प्रमाण पत्र पाउने वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक विष्मा श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त नृत्य प्रतियोगितामा जिल्ला भित्रका विद्यालयहरुले मात्र सहभागिता जनाउन पाउनेछन् । जेसिजले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रोत्साहन मिल्ने गरेको छ ।

साथमा आउदो असोज ४ र ५ गते म्याग्दी जेसिजको आतिथ्यतामा नेपाल जेसिज क्षेत्र ख को सम्मेलन समेत बेनीमा आयोजना हुने म्याग्दी जेसिजले जनाएको छ । यसले जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

You can share this post!

बेनी आक्रमणमा गोली लागेर प्वाल परेको विजुलीको पोल बेनी फिर्ता हुने

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको पक्षमा नीति निर्माणसम्बन्धी अन्तरक्रिया

Related posts