दुधे खोलाका बाढी पिडितलाइ एमाले म्याग्दीद्धारा आर्थिक सहयोग

बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढी बाट प्रभावित बनेका ७ घर परिवारलाई एमाले म्याग्दीले तत्कालका लागि राहत स्वरुप २३ हजार रुपैयाँ वितरण गरेको छ । सोमबार राति आएको बाढीको कारण पुर्ण रुपमा बिस्थापित बनेकी दिपा पुनलाई ५ हजार र बाढीबाट क्षेति ब्यहोरेका नारायण पुन, डिलिराम थापा, खड्का बहादुर रोका मगर, लिला बहादुर घर्ती मगर, दुर्गा बहादुर थापा र भुपाल घर्तीको परिवारलाइ तिन हजारको दरले १८ हजार रुपैयाँ गरी कुल २३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य सन्तोष रावलले बताउनु भयो ।


उक्त रकम नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्र बहादुर केसी, सचिवालय सदस्य चन्द्रकुमार केसी र रावलले वडा सदस्य गेमबहादुर घर्ती मगरको हातबाट पिडित परिवारलाई हस्तान्तरण गर्नु भएको थियो ।
परिवारलाइ रकम हस्तान्तरण गर्दै जिल्ला समन्वय समिती म्याग्दीका प्रमुख तथा एमाले म्याग्दीका उपाध्यक्ष केसीले आफुले प्रभावितहरुको अवस्थाको बारेमा अनुगमन गरेको र सो क्षेत्रको संरक्षणका लागि नगरपालिका पहिला नगरपालिकाको ध्यान जान जरुरी रहको बताउनु भयो ।

उहाँले जोखिममा परेका घरहरुको सुरक्षाका लागि जिल्ला समन्वय समिती मार्फत संघ र प्रदेश सरकार समक्ष आफुले सकेको पहल गर्ने बताउनु भयो । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनिको सिमानामा पहिरो खसेर दुधेखोलामा बाढी आएको बाढीको कारण स्थानीय दिपा पुनको ब्लकले बनेको ५ कोठे एक तले घर पुर्ण रुपमा क्षेती भएको छ भने सोही स्थानका नारायण पुनले पाल्दै आएको एक भैसीको समेत बाढीको कारण मूत्यु भएको थियाे ।  बाढीले सो क्षेत्रमा बसोबास गर्ने बाँकी २२ घर धुरी समेत जोखीममा परेका छन् । खोलाले बस्ती तर्फ कटान सुरु गरेको छ ।

You can share this post!

बालविकास केन्द्रका बारेमा सञ्चारमाध्यममा आएको समाचारप्रति बेनपा ६ को प्रेस विज्ञप्ति

मालीकाको बिममा राष्ट्रिय युवा संघ वडा कमिटि गठन

Related posts