रघुगंगामा काँग्रेसले उम्मेदवारी दर्ता गरायो

स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज नेपाली काँग्रेसले म्याग्दीको रघुगंगा गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । गाउँपालिकाको अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुनले काँग्रेसबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै पालिकाको वडा न १ को अध्यक्षमा बिलबहादुर फगामी, महिला सदस्यमा सोभिता पुन, दलित महिला सदस्यमा रुपा नेपाली दर्जी, खुल्ला सदस्यमा भक्तबहादुर शेरपुजा र बलमान गौचन, २ को अध्यक्षमा लोक बहादुर भण्डारी, सदस्यमा रुद्रबहदुर भण्डारी, गोकर्ण भण्डारी, शोभा परियार, डेककुमारी श्रेष्ठ भण्डारी, ३ को अध्यक्षमा अशोक शाहीले उम्मेदवारी दिनुभएको छ । वडा नं ३ मा सदस्यहरुको उम्मेदवार भने टुङ्गो लागेको छैन ।

त्यस्तै वडा नं. ४ को अध्यक्षमा पविन गर्बुजा, सदस्यहरुमा क्रमश कुमारी पुर्जा गर्बुजा, आरती विश्वकर्मा, चित्र बहादुर गर्बुजा र राजकुमारी गुर्बजा, वडा नं. ५ को अध्यक्षमा मनबहादुर शेरपुञ्जा, सदस्यहरुमा ढिलु थजाली, धनमाया गोतामे घताने, रामबहादुर थजाली डमबहादुर रोका, वडा न ६ को अध्यक्षमा मन कुमार शेरपुजा सदस्यहरुमा मिना पुन, निर्मला बिक, टेकजित छन्त्याल, दलप्रसाद पुनले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी वडा नंं ७ मा अध्यक्षमा बेगबहादुर पुन, सदस्यहरुमा बुद्धिमाया पुन, सितल विक, धनबहादुर पुन, इन्द्र पुन मगर र वडा नं. ८ को अध्यक्षमा गमान छन्त्याल, सदस्यमा प्रिति गर्बुजा, यामकुमारी गोतामे, च बहादुर छन्त्याल र अगेन्द्र छन्त्यालले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्नुअघि काँग्रेसले गाउँपालिकाको केन्द्र मौवाफाँटमा बाजा गाजा सहित ¥याली गरेका थिए ।

You can share this post!

म्याग्दीको मराङ बुलबाट एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

मालिका र अन्नपूर्णमा काँग्रेसको उम्मेदवारी दर्ता

Related posts