पात्लेखेतमा नयाँ बर्ष तथा भुमेपूजा मेला सुरु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा भुमेपुजा तथा नयाँ बर्ष मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
मेलाको मंगलबार जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको हो ।

मेलाको उद्घाटन गर्दै समन्वय प्रमुख थापाले खेलाडीहरुको खेल क्षमता अभिवृद्धिका लागि मेलामा संचालित प्रतियोगिताहरुले सहयोग पु¥याउने बताउनुभयो ।
उहाँले समाज परिवर्तन तथा खेलकुद र कला संस्कृतिको विकासका लागि क्लवले यस्ता गतिविधिहरुलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

मेलाको अवसरमा बाल बास्केटबल, पुरुष बास्केटबल, प्रोढ भलिबल र महिला भलिबल प्रतियोगिता सुरु भएको पात्लेखेत युथ क्लवका अध्यक्ष हरि गर्बुजाले जानकारी दिनुभयो ।

मेलामा नृत्य प्रतियोगिता, लठो प्रतियोगिता तथा जिल्लाका चर्चित कलाकारहरुबाट विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना हुनेछ । प्रतियोगितामा जिल्लाका भित्रका तथा छिमेकी जिल्लाहरुका खेलाडीहरुको पनि सहभागिता रहेको छ ।

कार्यक्रममा वडा अध्यक्ष मस्विर रोकाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । पात्लेखेत युथ क्लवका अध्यक्ष गर्बुजाको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

अन्नपूर्ण अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

ग्रामप्रकाशमाविमा वाली विज्ञान विषयको पढाइ संचालन हुने

Related posts